लायन्स हेडम्बाको स्वास्थ्य सामाग्री वितरण

0
115
Advertisementcorona-new-ads

हेटौंडा, २९ मंसिर/लायन्स क्लब अफ हेटौंडाले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ फिर्केपाखामा रहेको एक विद्यालयलाई स्वास्थ्य सामाग्री तथा माक्स र सेनिटाईजनर वितरण गरेको छ ।

सोमबार गढी ४ मा रहेको ज्वालादेवी आधारभूत विद्यालयमा लायन्सले स्वास्थ्य सामाग्री तथा मास्क र सेनिटाईजर सहयोग गरेको हो । लायन्स क्लब अफ हेडम्बाको अध्यक्ष सुधीर दाहालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स नेता कृष्णराम न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयलाई लायन्स क्लबले १५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

कार्यक्रममा लायन्स क्लब अफ हेडम्बाका संस्थापक अध्यक्ष कविन सांगामी, विद्यालयका प्रधानाध्यापक शिवप्रसाद लामिछाने, कार्यक्रम संयोजक रमिला घलान र अस्मिता श्रेष्ठको उपस्थिति रहेको थियो । लायन्स क्लब अफ हेडम्बाले केहीदिन पछि विद्यालयमा डस्टविन र बोर्ड सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिकृया दिनुहोस्