हाम्रो देश नेपाल

0
197
Advertisementcorona-new-ads

हिमालको काखमा जन्मिएको छ है मेरो देश हिमालको मुस्कान लिएर, दिउँसो घामको प्रकाश लिएर र रानीको टहटह जुन लिएर चम्किदै हाँस्छ मेरो देश नेपाल । यहाँ धर्म, सुन्दरता, सौन्दयर्ताले भरिएको छ । हाम्रो देश एक बहु धार्मिक, बहु एतिहासिक, बहु भाषा आदिले भरिपूर्ण छ । यो देश प्रकृतिले भरिपूर्ण छ । चारैतिर पहाड, अलि पर गए हिमाल र अलि वर आए तरार्यको भाग छ । विश्वको सधैँ हासिरहने हिमाल सगरमाथा पनि यही पर्दछ । यस देशमा विश्वको ८ प्रशिद्ध हिमालहरु पनि पर्दछन् । नेपाल विश्वमान चित्रमा हेर्दा धेरै सानो छ तर यो देशको मानिसको मन ठूलो छ । यो देश सानो हुँदा पनि यहाँको प्रकृति र वातावरणले मानिसको मनमा आनन्दमय पु¥याउँछ ।

शेर्पा नाच, गुरुङ नाच, थारुको माघी आदिले यहाँ अलग संस्कृति र जातिको सम्झना दिन्छ । तर यहाँ कुनै जाती कुनै नाच नभनी सबैले आपनै मान्दै नाच्छन भने गुम्बाजानेलाई मन्दिर जानेले रोक्दैन, मस्जिद जानेलाई मन्दिर जानेले रोक्दैन । यहाँ मानिसको मन फराकिलो छ । सबैले एक अर्काको सम्मान गर्दछन् । यस देशको कुनामा बस्ने मानिसहरुको र अरु मानिसहरुको जात, भेषभुषा अलग छ तर पनि यिनमा भएको सम्बन्ध भने गहिरो छ । नेपालमा १२५ जातजाति छन् ।

नेपाल एक कृषि प्रधान देश हो । यहाँको किसान एक मिहिनेती, लगनशील व्यक्ति हु । हातमा फोका उठे पनि जिउँमा पसिना आएपनि दिन रात भोक प्यास नभनी हाम्रो लागि खटिरहेका छन् । यहि प्रस्तुतिले गर्दा हाम्रो देशको शिर अझैँ उच्च भएको छ । नेपाल एक विर गोर्खाली देश पनि हो । पूर्खाको पसिना र रगत हाम्रो नशा नशामा बगेको छ । हाम्रो देश एक बलियो साहारा भएको देश हो किनभने किसान जस्ता मजबुत मानिसहरु प्रकृति जस्तो हिमाल, पहाडहरु र रोबोट जस्तो सिपाहीहरु छन् । उनीहरु आफ्नो देशको व्यागको लागि फाँसी पनि चढ्न तयार छन् ।

मेरो देशको माटोले हामीलाई गर्भदेखि नै बहाुर बनाएको छ र परिवेशले हामीलाई संघर्षशील बनिएको छ । प्रकृतिको काखमा जन्मिएको देश एक वीर गोर्खाली, बहु जातिय, बहु धार्मिक, प्रकृति र वातावरण जस्ताले भरिपूर्ण भएर नै यो देशको शिर उच्च छ ।
नाम : सुविज्ञा सुवेदी
कक्षा : ८
बालजागृति ई. सेकेण्डरी स्कूल

प्रतिकृया दिनुहोस्