भानुको ४४ औं वार्षिकोत्सव

0
70
Advertisementcorona-new-ads

हेटौंडा, ११ पुस/मकवानपुरगढी गाउँपालिका–३ मा रहेको भानु माध्यमिक विद्यालयको ४४ औँ वार्षिकोत्सव शनिबार भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानकुमारी पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी ३ नम्वर वडा अध्यक्ष भागवत घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका घिमिरेले निजी विद्यालयसंग प्रतिस्पर्धा गर्दै उत्कृष्ट नतिजा दिनु सरकारी विद्यालयको कर्तव्य रहेको बताएका छन् । विद्यालयको गुणस्तर सुधारका लागि आफू सदैव तयार रहेको उनको भनाई थियो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलार्य पुरस्कृत गरिनुका साथै शिक्षक स्तरीय खेलकुद कार्यक्रमका विजयी शिक्षकहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा मकवानपुरगढी स्रोत शिक्षक दाशरथी उपाध्यायलगायतको आतिथ्यता रहेको थियो । विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने विद्यालयका शिक्षक केदारप्रसाद तिमल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्