घाइतेको उपचारमा राक्सिराङको ५० हजार सहयोग

0
79
Advertisementcorona-new-ads

हेटौंडा, ११ पुस/हेटौंडा–१९ नेवारपानी नजिकै शुक्रबार साँझ भएको बोलेरो गाडी दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि मकवानपुरको राक्सिराङ गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

दुर्घटनामा राक्सिराङ गाउँपालिकाका २२ जना घाइते भएका छन् । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शनिबार बिहान चुरेहिल अस्पतालमा पुगेर उपचाररत घाइतेहरुको अवस्थाको बारेमा जानकारी लिँदै गाउँपालिकाले उपचारमा ५० हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । नेवारपानीबाट राक्सिराङ गाउँपालिका–१ स्थित ठूलोभावरतर्फ गइरहेको ग १ ज ७२८९ बोलेरो ब्रेक फेल भएर दुर्घटना हुँदा राक्सिराङ गाउँपालिका–१ का २२ जना घाइते भएका थिए ।

घाइतेमध्ये केही उपचार पश्चात घर फर्किसकेका छन् भने १६ जनाको चुरेहिल अस्पताल र एकजनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये एकजनाको आइसीयुमा उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालका डाक्टर तथा प्रशासनका कर्मचारीसंग कुरा गर्दै अध्यक्ष मल्लले घाइतेहरुको उपचारमा विशेष ध्यान दिन अनुरोध गरे ।

उपचार खर्चमध्ये गाउँपालिकाले अस्पताललाई ५० हजार रुपैयाँ भुक्तानी दिने अध्यक्ष मल्लले प्रतिवद्धता जनाए । धेरै संख्यामा घाइते हुनेगरी भएको दुर्घटनाले दुःखी तुल्याएको अध्यक्ष मल्लले बताए । मल्लसंगै राक्सिराङ गाउँपालिका १ नम्बर वडा अध्यक्ष कान्छाराम रुम्बा, ८ नम्बर वडा अध्यक्ष रामकृष्ण प्रजालगायत घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।

प्रतिकृया दिनुहोस्