कफी हाउस कार्यक्रम सुरु

0
66
Advertisementcorona-new-ads

हेटौंडा, १६ पुष/ नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको नियमित कार्यक्रम ‘कफी हाउस’ सुरु भएको छ । कोेभिड १९ को असरले गर्दा यसवर्ष भर्चुअल प्रविधिबाट कफी हाउस कार्यक्रम सञ्चालन भएको छ । विहीबार कक्षा ४ क र ख मा अध्ययनरत् करिब ८० जना विद्यार्थीले आफ्नो रचना वाचन गरेका थिए ।

विद्यार्थीको सिर्जनशील क्षमता, तार्किक क्षमता, कल्पनाशक्ति, नेतृत्व विकास तथा व्यक्तित्व विकास पु¥याउने भएकाले विद्यालयले विगत ४ वर्षदेखि कफी हाउस कार्यक्रम गर्दै आइरहेको छ । विहीबार भएको कफी हाउस कार्यक्रममा प्रमुख अतिथि आँचल कला साहित्य पुञ्जकी अध्यक्ष तथा साहित्यकार अनिता न्यौपानेले विद्यालयमा हुने यस्ता क्रियाकलापहरुले विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताइन् ।

कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको पठन संस्कृतिको विकास गर्ने तथा भाषिक सीपको विकास गराउने मूल उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको विद्यालयका नेपाली विषयका सुपरीवेक्षक सिएम रिमालले बताए ।

प्रतिकृया दिनुहोस्