क्रिकेटमा मकवानपुरको उत्कृष्ट प्रदर्शनी

0
112
Advertisementcorona-new-ads

हेटौंडा, १७ पुस/प्रधानमन्त्री कप प्रदेशस्तरीय छनौट राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मकवानपुरले उत्कृष्ट प्रदर्शनी गरेको छ । काठमाडौंको मूलपानी क्रिकेट खेलकुद मैदानमा शुक्रबार भएको पहिलो खेलमै मकवानपुरले नुवाकोटलाई भारी अन्तरले पराजित गर्दै सुखद् विजयी शुरुवात गरेको छ ।

टस जितेर पहिले व्याटिङ रोजेको मकवानपुरले ४० ओभर खेल्दै ६ विकेट गुमाएर सम्मानजनक २ सय ६८ रनको योगफल तयार पा¥यो । मकवानपुरको लागि गौरव खड्काले सर्वाधिक ६० रन बनाए भने विशाल फुयाँलले ५४ रन,राम नरेश गिरीले ४४, शुभ कंशाकारले २५ र तक्षक सिम्खडाले १८ रन जोड्न सफल भए ।

२ सय ६९ रनको लक्ष्य पछाएको नुवाकोट सस्तैमा समेटियो । २१ दशमलव ५ ओभरमा नुवाकोट ५५ रनमै अलआउट भए । नुवाकोटको राजेश रिमालले १५ रन बाहेक अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नुवाकोटलाई सस्तैमा समेट्नको लागि सूवर्ण भट्टले र पियु शर्माले समान ३/३ विकेट लिए भने राम नरेश गिरी र रिजन ढकालले २/२ विकेट लिए । प्रतियोगितामा मकवानपुरका कप्तान राम नरेश गिरी म्यान अफ द म्याच घोषित भए । उनले १० रन खर्चेर २ विकेट लिएका थिए ।
मकवानपुरले आज (शनिबार) त्रिवि क्रिकेट मैदानमा भक्तपुरसँग र समूह चरणको अन्तिम खेलमा मकवानपुरले काठमाडौंसँग मूलपानी क्रिकेट मैदानमा खेल्नेछ ।

प्रतिकृया दिनुहोस्