दोस्रो खेलमा पनि मकवानपुर विजयी

0
98
Advertisementcorona-new-ads

हेटौंडा, १८ पुष/ प्रधानमन्त्री कप प्रदेशस्तरीय छनौट राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मकवानपुरले विजयी यात्रालाई कायम राखेको छ । । शनिबार भएको खेलमा भक्तपुरलाई ६ विकेटले पराजित गर्दै मकवानपुरले विजयी यात्रा कायम गरेको हो ।

त्रिवि खेलकुद मैदानमा भएको खेलमा टस जितेर भक्तपुरले ब्याटिङ रोजेको थियो । भक्तपुरले ३५ ओभर २ बलमा सबै विकेट गुमाउँदै १३६ रन बनाउन सफल भयो । भक्तपुरलाई सस्तैमा समेट्नको लागि मकवानपुरको तर्फबाट रिजन ढकालले ३ विकेट लिए भने पियुश शर्मा÷विशाल फुयाँलले समान २ विकेट र अशिम श्रेष्ठले १ विकेट लिएका थिए ।

१३७ रनको लक्ष्य पाएको मकवानपुरले २७ ओभर खेल्दै ४ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । मकवानपुरको लागि तक्षक सिम्खडाले अविजित रही ६४ रन बनाए भने शुभ कंसाकार र विशाल फुयाँलले समान २२/२२ रन जोड्न सफल भए । यसअघि मकवानपुरले नुवाकोटलाई २ सय १३ रनको भारी अन्तरले पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस्