मातृभूमीको साधारणसभा सुरु

0
87
Advertisementcorona-new-ads

हेटौंडा, १९ पुष/मातृभूमी बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा सुरु भएको छ । संस्थाका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका आर्थिक प्रशासन महाशाखा प्रमुख गंगा चौलागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष कोईरालाले आर्थिक वर्ष २०७७/०७८ का लागि १ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

४ सय २७ जना शेयर सदस्य रहेको सहकारीको ४७ लाख ५६ हजार रुपैयाँ शेयर पूँजी रहेका अध्यक्ष कोईरालाले जानकारी दिए । कार्यक्रममा संस्थाका सचिव कृष्णराम न्यौपानेले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष इन्दिरा न्यौपानेले कोषाध्यक्षको प्रतिवेदन, ऋण उपसमिति संयोजक रामहरि तिमल्सिना र लेखा संयोजक घनश्याम नेपालले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बैंकविज्ञ सुन्दर खड्का, शेयरधनीको तर्फबाट प्रदीप कोईराला, प्राध्यापक कृष्णप्रसाद दाहाल, संस्थाका उपाध्यक्ष नारायणप्रसाद लम्साल र व्यवस्थापक गुणनिधि श्रेष्ठलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

सहकारीको साधारणसभा पुष २४ गतेसम्म सञ्चालन हुने व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्