काठमाडौंसंग मकवानपुर स्तब्ध

0
88
Advertisementcorona-new-ads

हेटौंडा, २० पुस/काठमाडौंमा जारी प्रदेश स्तरीय छनौट क्रिकेट प्रतियोगितामा काठमाडौंसंग मकवानपुर स्तब्ध बनेको छ ।

दुई खेलमा जित हाँसिल गरेको मकवानपुरले समूह चरणको अन्तिम खेलमा काठमाडौंसंग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको छ । सोमबार टस जितेर ब्याटिङ रोजेको मकवानपुरले २८ ओभरमा अलआउट हुँदै ७२ रनमा सिमित रह्यो ।

मकवानपुरको लागि गौरव खडकाले १५ रन र युवीन बुढाथोकीले १० रन बाहेक अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । झिनो स्कोरको लक्ष्य पाएको काठमाडौंले १७ ओभरमै ३ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो ।

जीतसँगै काठमाडौँ छनोट चरणको फाइनलमा प्रवेश गरेको छ ।

प्रतिकृया दिनुहोस्