किसान कल्याणको ऋण लगानी ४ करोड

0
109
Advertisementcorona-new-ads

हेटौंडा, २१ पुस/हेटौंडा–८ मा रहेको किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको ऋण लगानी ४ करोड ८६ लाख ७७ हजार ३ सय ५१ रुपैयाँ रहेको छ । मंगलबारबाट सुरु भएको सहकारीको २१ औं वार्षिक साधारण सभामा सहकारीको प्रतिवेदन पेश गरिएको हो ।

१ हजार ३ सय ७५ जना शेयर सदस्य रहेका छन् । त्यस्तै सहकारीको निक्षेप बचत ३ करोड ९० लाख ८९ हजार २ सय ६९ रुपैयाँ रहेको छ ।

सहकारीका अध्यक्ष गोपालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा जिल्ला समन्वय समिति मकवानपुर सदस्य गणेशकुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थापक अध्यक्ष ध्रुवराज पुडासैनी, सञ्चालक समितिका पदाधिकारीहरु लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्