वंशगोपालको प्रतिनिधि चयन

0
181
Advertisementcorona-new-ads

हेटौंडा, २१ पुस/प्रचलित शिक्षा ऐनले व्यवस्था गरे बमोजिम हेटौंडा–६ चौघडामा रहेको वंशगोपाल माध्यामिक विद्यालय प्राविधिक शिक्षालयले व्यवस्थापन समितिका सदस्यहरु चयन गरेको छ । मंगलबार भएको विद्यालयको १६ औँ अभिभावक भेलाले ४ जना विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु चयन गरेको हो ।

जसमा महिलातर्फ अमुना सापकोटा, गायत्री घिमिरे र पुरुषतर्फ विजय गौतम र रामशरण दुलाल रहेका छन् । शिक्षा ऐनको नियमअनुसार व्यवस्थापन समितिका प्रतिनिधिहरु चयन गरिएको विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिमा सम्बन्धित वडाका वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक र शिक्षक प्रतिनिधि स्वतः सदस्य रहने व्यवस्था रहेको उनले जानकारी दिए ।

त्यसैगरी २ जना सदस्य मनोनित गर्ने अधिकार पनि चयन भएका प्रतिनिधिहरुलाई रहेको र त्यही प्रतिनिधिहरु मध्येबाटै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन हुने प्रधानाध्यापक लामिछानेले बताए । त्यसैगरी भेलाबाटै प्रकाश कार्कीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेयर महतले विद्यालयको गुणस्तरमा बृद्धि गराउन अभिभावकहरुका महत्वपूर्ण भूमिक रहने भन्दै अभिभावकहरु बढि जिम्मेवार रहनुपर्ने बताए ।

कार्यक्रममा हेटौंडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु साधुराम चौलागाई, बालकृष्ण चौलागाई, धु्रब प्रसाद संजेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लामिछानेले विद्यालयको वर्तमान अवस्था र गतिविधिको बारेमा जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्