‘झलनाथ राष्ट्रपति हुन नसक्दा प्रचण्ड–माकुने गठबन्धन चाडै नै फुट्दैछ’

0
222
Advertisementcorona-new-ads

ओली–प्रचण्डको समान पृष्ठभुमीः–
वर्तमान नेपाली राजनीतिमा देखिदै आएको दुइ ठुला कदका खेलाडीहरुको लडाइ र त्यसमा अहोरात्र खटिएका पक्ष बिपक्षका मनुवा हरुले उचालेका कारण बिशाल पार्टी दुइ ध्रुवमा बाडिएका छन । औपचारिक रुपमा अलज्ञै नभई सकिएता पनि यो घोशणा मात्र हुन बाकी छ । मात्र कागजी रुपमा निर्वाचन आयोगमा दुइ फरक अस्तित्वको रुपमा मात्र नदेखिएको हो । को देश र जनता प्रती ‘गद्दार’ र को ‘सच्चा क्रान्तिकारी’ भनेर एकले अर्का लाई ‘त भन्दा म शुद्ध, त भन्दा म असली’ भनेर बक्तब्यबाजी गरिरहेका देखिन्छन ।

✍️ निर्मल घिमिरे

हामीले उनीहरु दुबैको बिगत के लाउने हो भने दुबैमा उस्तै उस्तै ब्यागराउण्ड देख्न सक्छौ । इतिहास केलाउने हो भने ओली र प्रचण्डको पृष्ठभुमी ‘चौथो महाधिवेशन’ यानिकी चौ.म. पक्षधरहरूले विरोधको तारो बनाएको ‘को–अर्डिनेशन केन्द्र’ अर्थात् झापा विद्रोह र पुष्पलाल समर्थकहरूको एकीकरणबाट नै पहिले (२०३५ मा) नेकपा (माले) र पछि (२०४७ मा) नेकपा (एमाले)को उत्पत्ति भएको हो । यसरी ‘नेकपा एमाले’ र ‘माओवादी केन्द्र’ को पृष्ठभूमिको अध्ययन–विश्लेषण गरेर दुई पार्टीबीचका सोच, संस्कार र सिद्धान्तको अन्तर खुट्याउन सकिन्छ । अर्को विकराल अन्तरको पनि स्मरण गर्नु उपयुक्त हुनेछ । पञ्चायतका विरुद्ध २०२८÷०२९ सालतिर ‘एमाले’ ले हिंसात्मक संघर्ष गरेकै शैलीमा माओवादीले २०५२ सालमा संसदीय प्रजातान्त्रिक प्रणालीका विरुद्ध हिंसात्मक संघर्ष आरम्भ गरेको हो । जतिबेला ‘एमाले’ले सशस्त्र विद्रोह ग¥यो त्यो समयमा पार्टीहरू प्रतिबन्धित थिए, कम्युनिष्ट पार्टीका गतिविधि झनै निन्दनीय मानिन्थ्यो ।

स्मरणीय छ कि , माधब सीपी मैनाली र झलनाथ खनालहरू मदन भण्डारी र उनको विचारसँग कहिल्यै सहमत थिएनन् । लामो समय सम्मै एउटै दल मा आबद्ध हुँदा पनि उनीहरु बिच कहिल्यै पनि हित्त चित्त मिलेन । एकले अर्का लाई सधै प्रतिस्पर्धीको रुपमा हेरी रहे ।
भने यता प्रचण्ड, एकता केन्द्र मशालको महामन्त्री हुँदै २०५२ साल देखी २०६२ सम्म सशस्त्र बिद्रोहको नेतृत्व गर्दै राजनितीको मियोको रुपमा अघी आएका हुन ।
के ओलीले बिघठन गरेका संसद पुनर्गठन होला ?
बहालवाला प्रम र राष्ट्रपतीलाई प्रतीनिधिसभा सभाका सभामुखको पहल्, आफ्नै दलका नेताहरुले महाभियोग लगाउने तयारी गर्न लागेको गोप्य सुचना चुहावट भएको हुँदा प्रम ओलीले प्रतिनिधि सभा बिघठन गरी ताजा जनादेशको लागी आगामी बैसाख महिनामा दुइ चरणमा सम्पन्न हुने गरी घोषणा गरे । सो कदमका बिरुद्धमा प्रचण्ड–माधब समूह र केहि अधिकारवादीहरुले सुप्रीम कोर्टमा रिट दायर गरे भने उता उनीहरु निकटका मन्त्री हरुले राजिनामा दिएर सडक आन्दोलनमा होमिएका छन ।

प्रचण्ड–माधब गठबन्धनमा आबद्ध केहि नेताहरु समेत सडकमा लम्पसार परेर ‘हामी यतै छौ’ भन्दै रमिता देखाइरहदा सर्वसाधरण जनताहरुले भने कुरीकुरी गरिरहेका छन् । जनतालाई सारो गाह्रो पर्दा कुनै दिन त्यसरी सडकमा ननिस्कने नेताहरु सत्तामा पुग्न चाही अनेक तिक्डम र नौटड्ढी देखाउछन भनेर जनताले साथ कम दिएका छन । बर्तमान सम्बिधानमा संसद बिघठनको प्रावधान हुँदै नभएको भनेर प्रचण्ड खेमाले एक पाखे कुरा एकोहोरो फलाकी रहेको अवस्थामा यसका धाराको ब्याख्या गर्ने र सो को निचोड निकाल्ने जिम्मा सुप्रीम कोर्ट सँगै सुरक्षित हुने हुँदा मेरो विचारमा संसद पुनर्गठन हुन्छ भनेर आशा गर्ने ठाउ देख्दिन । किनकि सम्बैधानिक आयोगको बैठकमा जवरा श्रीमानको हरियो सड्ढेत पाएपछी मात्र ओलीले यस कदमको सहारा लिएका हुन भन्ने छनक बिघठन पश्चात ओली कमरेडमा देखिएको हाइ कन्फिडेन्टले पनि पुनर्गठन हुने झिनो आशा पनि देख्दिन म ।

तर पनि आउँदो बैशाखमै चुनाब हुने सम्भावना भने देख्दिन । किनकी निर्वाचन आयोगलाई आवधिक निर्वाचन तयारी गर्न गर्न कम्तिमा पनि १८० दिन लाग्ने हुन्छ । तोकिएकै बेलामा सम्भव नभए पनि आउदो दशै (तिहार पछी भने सम्भावना देखिन्छ । अबको केहि दिनमा जव सर्बोच्च अदालतबाट फैसला हुन्छ्, केहि समय असन्तुष्ट खेमाका मनुवाहरु कुर्लन्छन तर उनीहरु जसरी पनि निर्वाचनमा सहभागी हुने पक्का छ ।
माधब–प्रचण्ड गठनब्धनको स्थायित्व कतीः–
यो गठबन्धन कुनै जनहितका खातिर भएको होईन । ओली सरकारले सबै तिर केवल आफ्नो मात्र लाई हेरेको र आफ्नो खेमाका, खल्तीका अनि नातेदार हरुलाई बेवास्ता गरेको र मदन भण्डारी फाउण्डेशनको नाममा जिल्ला–जिल्लामा प्रत्यक स्थानिय स्तरमा समेत आफ्नो संरचना विस्तार गरेर आफूहरुलाई अल्पमतमा पार्न लागेको कारण अनि ओलीले आफुहरुलाई चाहेको जती इज्जत नगरेको, सत्ताको स्वाद चाख्न नपाएका लामो समय सम्म मुख मिठ्याउदै बस्ने ग्रुपहरुको गठबन्धन हो यो । रुस्ट भएका हरुको ग्याङ जम्मा भएर ‘लौ अब चाही नसहौ’ भनेर जम्मा भएका असन्तुष्ट भएकाहरुको ग्रुपिजम सिवाय अरु केहि होईन ।

जती चिल्ला मिठा कुरा गरे तापनी यस ग्रुप कि ध्यान एकलौटी शाशन सत्ता कुम्ल्याउने र ओलीलाई अपदस्त गर्ने हो । यहाँ सबै टाउके नेताहरुले ओली र बिद्या देबी भण्डारीलाई अपदस्त गरिसके पछी ६ ओटै प्रदेशमा आफु अनुकुल सरकार बनाउने, प्रदेश दुइमा ज. स. पा. सँग मिलिजुली सरकार बनाउने, राष्ट्रपति जे.एन.खनाललाई दिने, प्र.म. प्रचण्डले लिने र पार्र्टीको जिम्मा माकुने कमरेडलाई दिने पुर्व सहमती गरेका छन् । तर मेरो विश्लेशणले के भन्छ भने उनीहरुले जे.एन.खनाललाई राष्ट्रपति बनाउनलाई जब संख््या पुग्दैन तब त्यो लालिपप उनले पाउदैन । माधव–प्रचण्डको छायाँमा अनि सधै कर्नरमै परिरहने हुँदा यस गठबन्धनबाट झलनाथ बाहिरिन्छन । किनकी समकक्षीहरु मध्य केहि सीधा–सादा भएको कारण झलनाथ सँग आफ्नो अलज्ञै गुट सानो छ ।

खासै कार्यकर्ता उनि सँग छैनन । इलाममा अब सुबास नेम्वाङको बर्चस्व कायम रहने हुँदा आफ्नो अस्तित्वको खोजीमा झलनाथले आफ्नो विश्वास पात्र अनि आफ्नो नाममा खुलेको फाउण्डेशनको अध्यक्षको उक्साहटमा सर्लाहीमा आफ्नो चुनाबी पकड क्षेत्र बनाउन लागी परेका छन् । अघिल्लो चुनाबमा पराजित भए पनि लालबन्दीमा बहत्तर करोडको एण्टी स्नेक भेनम प्रोजेक्ट भित्र्र्याउन सफल भई सर्लाही बासीहरुको मन जित्ने कोसिस गर्दैछन् । तर अब सो को लागी प्रदान गर्ने भनिएको बजेट सायद ओली सरकारले प्रदेश दुइ सरकारलाई आदेश दिइ रोक्का गर्न सक्ने सम्भावना प्रबल छ । जसको असार झलनाथलाई राम्रै सँग पर्ने निश्चित छ ।
कांग्रेसले चुकाएको अवसर ः–
सबै भन्दा धेरै खेमा–खेमी भएको नेपाली कांग्रेसमा एक थरी नेताहरुको भित्री मनसाय ओलीको कदम संविधान विपरित हो भनेका छन् भने अर्का थरी खासगरी सभापतीको मनसाय चाही चुनाबी प्रकृयामा होमिन सकियो भने आफु लगभग अल्पमतमा पुग्न लागेको बेलामा यही बेला गर्नै पर्ने ‘बाध्यकारी महाधिवेशन’ लाई टार्न सकिने र यो बेला टार्न सकियो भने शक्ति सञ्चय गरेर निर्वाचनपछी हुने महाधिवेशनमा बलियो हुने मनसायले काम गरेको हुन सक्छ भने अर्का तिर यो ३ साल भित्रमा कांग्रेसले आफुलाई सशक्त प्रतिपक्षको रुपमा उपस्थित गराउन नसकेको यथार्थ र आफु सँग अब हुने निर्वाचनमा जान भरपर्दो नारा नभएको हुँदा बाध्यात्मक रुपमा बिघठनको यस कदमलाई केवल बिरोधको लागी बिरोध गरेका हुन् ।

नत्र केवल २७ सिट भएको कांग्रेसले त यसलाई अब आफ्नो सिट बढाउने मौकाको रुपमा स्वीकार गरेर अगाडी बढ्नु पथ्र्यो । भन्दा भन्देको जस्तो होला तर यदी यो सुबर्ण अवसरलाई ग्याप गर्ने हो भने आफ्नो पुरानो सोच र बुढो दिमागलाई थन्क्याएर गगनकुमार थापालाई सभापती अनि प्र.म. अनि विश्व प्रकाश शर्मालाई महामन्त्रीको रुपमा अघी सारी आगामी चुनावमा जान सक्यो भने इतिहासमै कांग्रेसले सबैभन्दा बढी राम्रो नतिजा ल्याउने सुनिश्चित छ, होइन भने नेपाली कांग्रेस स्थायी प्रतिपक्ष हुने पक्का छ । बुढा नेताहरुले आफ्नो स्वार्थलाई यो एक कार्यकाल तिलान्जली दिएर छाती फराकिलो पारेर पार्टीको हितलाई ध्यान दिएनन भने कांग्रेसलाई बत्ती बालेर खोज्नु पर्ने हुन्छ ।
बादल, भट्ट र साह पुरानै घरमा फर्कनेः
हुँदा खादाको गृहमन्त्री जस्तो पद छोडेर अहिले प्रचण्डको पछी लाग्नु भनेको ‘मरेको बिरालो काखी च्यापेर ठिमिको उकालो लाग्नु’ जस्तै हो भन्ने कुराको राम्रो ज्ञान भएका रामबहादुर थापा बादल गृहमन्त्री भएपछी प्रभाव कै कारण चुनाब जित्न सहज हुने ठानी ओली खेमाको धुरी खाबोको रुपमा अहिले उभीइरहेको भएता पनि उनि नतिजा पश्चात ‘सरी है प्रचण्ड कमरेड भन्दै प्रभु शाह, लेखराज भट्ट समेतलाई लिएर प्रचण्ड खेमामै पुग्ने सम्भावना बढी छ । टोप बहादुर रायमाझी भने सरम लागेर भए पनि अब माधब प्रचण्ड खेमामा फर्किने सम्भावना
देखिदैन ।

अबको राजनैतिक हिरो बामदेब ः–
बर्दिया जिल्लाको पर्यायवाचीको रुपमा रहेका बामदेब नेकपा भित्र प्रदिप नेपाल पछी संगठन बिस्तार गर्न सिपालु नेता हुन् । यती हुँदा–हुँदै पनि उनी निस्कलड्ढ र स्वच्छ छबीका नेता भने होईनन ।

यसअघि भएका चुनावमा ओलीले आफुलाई हराएका भनेर आरोप लगाए पनि उनलाई ठुला कदका होईनन एकदमै सामान्य राजनैतिक पृष्ठभुमीका सन्जय गौतमले हराइ दिए ।जसको मुलकारण सञ्जय बलियो भएर होइन्, बामदेबप्रतीको रिसले गर्दा बर्दियाली जनताहरुले पराजित गराइ दिए । तर ओली सँग बार्गेनिङ गरे कै भरमा उनले राष्ट्रिय सभामा छिर्ने अवसर पाए । उनी हक्की स्वभावका हुन । गृहमन्त्री हुँदा एयरपोर्टमा सुन काण्ड देखी पछिल्लो पटकको गृहमन्त्री हुँदा काठमाण्डौको होटल ब्यवसायीहरु सँग लेनदेनको भाग नमिले पछी रात्रीकालिन ब्यबसायलाई प्रतिबन्ध लगाउने सम्मका बिवादास्पद पृष्ठभुमी बनाए । तर पछिल्लो समयमा दुबै गुट तिर नलागेर ‘म मिलाउने प्रयासमा लागिपरेको छु’ भन्दै पब्लिक सेन्टीमेण्ट बटुल्न चाहेका छन । उनि चतुर खेलाडी भएकोले कता पट्टी पल्लाभारी हुन्छ्, उतै पट्टी जानलाई उनले ‘पख र हेर’ को मनस्थितीमा छन् ।

यो बेला यस्तो समय हो, जो समान्य नेता लाई त दुबै पट्टी तानातान गरिरहेका छन भने उनि त झन पार्टी मियो को रुपमा लामै समय देखी रहेका नेता हुन । त्यसैले दुबै पक्षलाई भैसेपाटी धाउने बनाइरहेका छन् । जसरी बिगत १२–१३ बर्स देखी प्रचण्डले सबै सरकार बनाउने र गिराउने काममा मुख्य लिडरको रोल निर्वाह गरे, ठिक त्यसै गरी अब बामदेब ले आÇनो उपस्थिती बनाउने सम्भावना छ । बार्गेनिङ गर्नलाई उनीसँग अब केहि संख्या पनि छ भने थप पब्लिक सेन्टिमेण्ट लिनालाई उनले ‘नेकपाको पुन एकता अभियान’ नामको एक तुरुप पनि बजारमा फलिसकेका छन । विभाजन नचाहने धेरै कार्यकर्ताले उनलाई साथ दिने हुँदा अबको केहि समय राजनैतिक मियोको रुपमा बामदेबले भूमिका खेल्ने सम्भावना छ ।


ताजा जनादेशको परिणाम कस्तो आउला ? ः–
अब अनुमान गरे भन्दा फरक नपत्याउदो रुपमा नया पोलिटिकल पात्रहरुको पदार्पण हुने देखिन्छ । जसपा, राप्रपा, बिबेकशिल साझा जस्ता साना दलहरुले आफ्नो बलियो उपस्थिती देखाउन सक्ने सम्भावना उच्च छ । माथी पाचौ अनुच्छेदमा भनिए अनुसार बुद्धी पु¥याउन सकियो भने कांग्रेसले सबैलाई माथ खुवाउने सम्भावना रहे तापनी बुढा नेताहरुको बालहट्, देउवाको सत्ता आसक्ति,कोइरालाहरुको बढप्पन्, रामचन्द्र पौडेलको अझै बाकी रहिरहेको लालचाले गर्दा कांग्रेसले युवालाई अगाडी सार्ने सम्भावना छैन । तसर्थ यो यस्तो उर्बर समयमा पनि कांग्रेस दोस्रो दल सम्म हुने सम्भावना देखिन्छ भने प्रचण्ड–माकुने नेकपालाई यो थाहा छ कि, हिजो चुनाब बहिष्कार गर्दा मोहन बैध कहाँ बाट कहाँ खुम्चिएर बस्न बाध्य भए । त्यसैले उनीहरु पनि जनमत बटुल्न जनता सामु जसरी पनि जान्छन । अब चुनाब हुने बेला सम्म यो सरकारले अरु कुनै कुरालाई मतलब नराखी पब्लिक इन्ट्रेस्ट कता पट्टी छ भन्ने हेक्का राखेर धमाधम जनपक्षिय निर्णय गर्दै बिकासका कार्यक्रम दिन सक्यो भने यो साढे दुइ सालमा दिन नसकेको डेलिभरी यो छोटो समयमा दिनसक्यो भने अझै पनि ओली नेतृत्वकै नेकपा पहिलो स्थानमा आउने सम्भावना छ । तर सो को लागि उसले बामदेबलाई हातमा लिएर स्वच्छ छबिका युवा जमातलाई संगठन बिस्तार गर्न परिचालन गर्नु पर्दछ भने ‘निर्वाचित आÇनै सरकारलाई बिदेशीको इसारामा ढाल्न लागिपरेको र सधै मुलुकलाई अस्थिरता बनाइ राख्न चलखेल गरेको जस्ता नारा लिएर ओलीका कार्यकर्ता घरदैलो गर्न सुरु गरिसकेको अवस्थामा माधव प्रचण्ड गठबन्धनको नेकपा तेस्रो दलमा पुग्ने सम्भावना छ किनकि ओली नेकपा जस्तो तल्लो तह सम्म उनीहरुको संगठन झागिएको देखिन्न ।

अर्का तिर तितो यथार्थ के छ भने, माधब गुटका नारायणकाजी, झलनाथ, प्रचण्ड स्वयम्, योगेश भट्टराइ, सुरेन्द्रप्रसाद पाण्डे , बिना मगर, गिरिराजमणी पोखरेल, महरा, अनन्त अनि ओली गुटका इश्वर पोखरेल, गोकुल बास्कोटा, पद्मा अर्याल्, लगायतका नेताहरुले प्रत्यक्ष चुनाब नलडेकै जाती हुन्छ । उनीहरुले कार्यकर्ताहरुमा पकड खासै जमाउन नसकेको र जनताहरु उनीहरुको भूमिकाबाट रुष्ट भएका कारण चुनाबमा लज्जास्पद नतिजा पाउने सम्भावना उच्च छ । उता ताप्लेजुङे योगेश जस्तो अवसरवादी अनि पिपलपाते नेतालाई त्यहाँका न्यायप्रेमी जनताले धुलो चटाउने पक्का जस्तै छ । धेरैले आश–भरोसा गरेका उनले मन्त्री हुना साथ आÇनै घर भित्रका सदस्यहरुलाई धमाधम भर्ती गरेको, लकडाउनमा माखो मार्न नसकेको, विवादास्पद बक्तब्य दिएको र ओली सँग हुँदा उनको देवत्वकरण गर्दै गुणगान मात्र गरेको तर पछिल्लो घटनाक्रममा आफ्नो राजनीति सुरक्षित गर्न राजीनामा गरेर नौटड्ढी देखाउदै २ दिन पछी नै ओलीलाई दानवत्वकरण गर्न उध्यत रहेको हुँदा उनले राजनीति यही सम्म मात्र सिमित रहीन निश्चित छ ।

प्रतिकृया दिनुहोस्