विजय यूथ हेटौंडा गोल्डकपलाई भिडोलले प्रायोजन गर्ने

0
299
Advertisementcorona-new-ads

हेटौंडा, २२ पुस/यहि माघ २२ गतेदेखि हेटौंडामा आयोजना हुन लागेको प्रथम ‘विजय यूथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगितालाई भिडोल लुब्रीकेन्ट्सले प्रायोजन गर्ने भएको छ । बुधबार एक कार्यक्रमका बीच भिडोल लुब्रीकेन्ट्स र आयोजक बिजय यूथ क्लवका पदाधिकारीबीच प्रायोजनको सम्झौता भएको हो ।

सम्झौतापत्र हस्तान्तरण गरिँदै ।

प्रायोजनबापत भिडोलले प्रतियोगिताको लागि ३ लाख रुपैयाँ प्रदान गर्नेछ । भिडोलका प्रतिनिधि विकास नेपाल र प्रतियोगिता संयोजक राजेश भेटवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । आयोजक एफसी बिजय यूथका अध्यक्ष सुदिप राजबाहकले प्रायोजनको लागि भिडोल कम्पनीलाई धन्यवाद ज्ञापन गरे । माघ २२ गतेबाट हुने प्रतियोगितामा आयोजकसहित विभिन्न जिल्लाको १० टिमको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक एफसी विजय यूथसहित मकवानपुर ११, नवजनजागृति युवा क्लव सिमरा, वीरगञ्ज यूथ एकेडेमी, वीरगञ्ज युनाइटेड, सर्लाही ११, दुधौली स्पोर्टस् क्लव सिन्धुली, हर्दी युवा समाज चितवन, सेन्ट्रल कलेज बीएफसी चितवन र एफसी रियाले काठमाडौंको सहभागिता रहने पक्का भएको छ ।

करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेता टिमले एकलाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृट गोलरक्षक, फरवर्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकलाई जनही पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्