आचार्य स्मृति पुरस्कार घिमिरेलाई, दिनेशको नेतृत्वमा म्यान मकवानपुर

0
148
Advertisementcorona-new-ads

हेटौंडा, २५ पुस/स्वर्गीय पशुपतिराम आचार्य स्मृति म्यान पुरस्कार सुशील घिमिरेलाई प्रदान गरिएको छ । शनिबार भएको मोवाईल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको अवसरमा मकवानपुरमा रही सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक अभियन्ता घिमिरेलाई नगद १० हजार १ रुपैयाँसहित सम्मान गरिएको हो ।

म्यान मकवानपुरका संस्थापक अध्यक्ष तथा सिलिकन नेपाल प्रा.लिका प्रबन्ध निर्देशक छतेन्द्र आचार्यले स्वर्गीय पशुपतिराम आचार्यको स्मृतिमा प्रत्येक अधिवेशनमा म्यान पुरस्कार प्रदान गर्दै आइरहेका छन् । यसैगरी म्यान मकवानपुरले एकल महिला भई व्यवसायिक क्षेत्रमा कार्यरत अनिता राईलाई नगद ५ हजार ५० रुपैयाँसहित सम्मान गरेको छ । म्यान मकवानपुरका अध्यक्ष एसीस रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने, उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, रामप्रसाद न्यौपाने, सचिव काव्यमणी अधिकारी, कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरका अध्यक्ष तेजराज अधिकारी, क्यान मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनी, पश्चिमी क्षेत्र म्यान मकवानपुरका अध्यक्ष चन्द्रमणी पाठक, उत्तरी क्षेत्र म्यान मकवानपुरका अध्यक्ष राजन विडारीलगायतको आतिथ्यता रहेको थियो ।

दिनेशको नेतृत्वमा म्यान मकवानपुर

मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको अध्यक्षमा दिनेश लामा चयन भएका छन् । नवौँ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनबाट लामाको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति निर्माण भएको हो ।

म्यानको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद न्यौपाने, उपाध्यक्षमा कुमारमणि त्रिपाठी, महासचिवमा राजकुमार दाहाल, सचिवमा शिवराज बास्तोला, कोषाध्यक्षमा नवराज चौलागाई र सहकोषाध्यक्षमा अनिल बानियाँ चयन भएका छन् । यसैगरी सदस्यमा राकेशकुमार केसी, नवराज त्रिपाठी, विशाल श्रेष्ठ, कृष्ण श्रेष्ठ, मिलन स्याङतान र प्रविण वैद्य चयन भएका छन् ।

प्रतिकृया दिनुहोस्