मकवानपुर बचतमा पुनः जोशी

0
110
Advertisementcorona-new-ads

हेटौंडा, २५ पुस/मकवानपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः राजेशहरि जोशी चयन भएका छन् । शनिबार भएको सहकारीको २१ औँ साधारणसभाबाट जोशीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति निर्माण भएको हो ।

सहकारीको उपाध्यक्षमा विजयसागर श्रेष्ठ, सचिवमा महेन्द्र चित्रकार, कोषाध्यक्षमा भुवनलाल श्रेष्ठ तथा सदस्यमा राजेन्द्रकुमार मानन्धर, कुमार कटुवाल, परशुराम लामा, पूर्ण शाक्य, चेतकृष्ण श्रेष्ठ, सुविना सुवेदी र शान्ति तारा मानन्धर रहेका छन् । सहकारीको लेखा सुपरीवेक्षण समितिको संयोजकमा बिमल बास्कोटा तथा सदस्यमा दीपक अर्याल र सुरेशलाल श्रेष्ठ चयन भएका छन् । अध्यक्ष पदमा पुनः चयन भएका जोशीले मकवानपुर सहकारीलाई देशकै उत्कृष्ट सहकारीको रुपमा स्थापित गर्ने बताए ।

अध्यक्ष जोशीको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक न्हुच्छेराज बज्राचार्य र राजकुमारी सुवेदीलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सहकारीले असल ऋणीमा राजकुमार सिन्तान र चन्द्रदेवी रौनियार, असल कारोबारीमा अविनास श्रेष्ठ र मधुरानी जैन तथा एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने आयुषमान केसी, अमृता शाहीलाई पुरस्कृत गरेको थियो । हेटौंडामा रहेका मानवसेवा आश्रम, मामाघर नेपाल, अनाथ अपा· बाल पुर्नस्थापना, ओम् वृद्धाश्रम चौकिटोल, श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रम, हाम्रो घर आश्रमलाई खाद्यान्न तथा जिन्सी सामान सहयोग गरिएको थियो ।

सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष जोशीले गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा शेयर पुँजी १३ दशमलव ३४ प्रतिशतले वृद्धि भएको बताए । यसैगरी निक्षेपमा ११ दशमलव २२ प्रतिशतले र कर्जा लगानीमा ० दशमलव २२ प्रतिशतले वृद्धि गर्न सफल भएको उनले बताए । संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष भुवनलाल श्रेष्ठले प्रस्तुत गरेका थिए । कोरोना महामारीका कारण सहकारी विभागले तोकेको मापदण्ड अनुसार सहकारीको २१ औँ साधारणसभा पुस २१ गतेबाट शुरु गरी शनिबार समापन भएको हो । कार्यक्रममा सहकारीका सल्लाहकार अशोक शाक्यलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्