जुत्ता चप्पलमा तिमल्सिनाको नेतृत्व

0
63
Advertisementcorona-new-ads

हेटौंडा, २५ पुस/जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको अध्यक्षमा रामहरि तिमल्सिना चयन भएका छन् । शनिबार भएको संघको प्रथम अधिवेशनबाट तिमल्सिनाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन भएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा दिनेश थिङ, उपाध्यक्षमा धनिलालप्रसाद बानियाँ, महासचिव केदारनाथ दुलाल, सचिव प्रल्हाद खनाल र कोषाध्यक्षमा राजु लम्साल रहेका छन् । त्यसैगरी सदस्यहरुमा रण दुलाल, अर्जुन केशरी, दधिराम गौतम, मोहन उप्रेती, जनक दास, कृष्णप्रसाद दुलाल, विनोद चौलागाईं रहेका छन् । संघको संयोजक रामहरि तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, रामप्रसाद न्यौपाने, पूर्व महासचिव महेन्द्र राउत, कार्य समिति सदस्य विष्णु खनाललगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्