सवारी दुर्घटनामा एकको मृत्यु

0
54
Advertisementcorona-new-ads

हेटौंडा, २७ पुस/सोमबार साँझ हेटौँडा–५ क्याम्पाडाडाँमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

हेटौंडा–७ बस्ने १८ वर्षीय आशिष शिवभक्तिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका भएका हेटौँडा–६ बस्ने १८ वर्षीय निरज राईलाई हेटौँडामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

हेटौँडाबाट चौघडा तर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ प ४०२० र विपरीत दिशाबाट आउँदै गरेको ना १ क ८३३३ नम्बरको टिपर एक आपसमा ठक्कर खादा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्