मकवानपुरका ४ जना बागमति प्रदेशमा समावेश

0
221
Advertisementcorona-new-ads

हेटौंडा, २७ पुस/प्रधानमन्त्री कप क्रिकेटको लागि बागमति प्रदेशले टिमको घोषणा गरेको छ । उक्त टिममा मकवानपुरका ४ जना खेलाडी अटाएका छन् ।

बागमति प्रदेशले प्रतियोगिताको क्लोज क्याम्पको लागि २५ सदस्यीय टिमको घोषणा गरेको हो । राष्ट्रिय टीमका पूर्व कप्तान पारश खड्का र कप्तान ज्ञानेन्द्र मल्ल रहेको टिममा मकवानपुरका रामनरेश गिरी, रीजन ढकाल, तक्षक सिम्खडा र विशाल फुयाँल रहेका छन् ।

पुरुष प्रधानमन्त्रीकप क्रिकेट माघ २ गतेबाट त्रिभूवन क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ ।

प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

प्रतिकृया दिनुहोस्