नारीमुक्ती सहकारीमा ढुङ्गानाको नेतृत्व

0
60
Advertisementcorona-new-ads

हेटौंडा, २८ पुस/नारीमुक्ती बचत तथा ऋण सहकारी संस्था लि मनहरी गाउँपालिकाको अध्यक्षमा देवकी ढुङ्गाना चयन भएकी छिन् । मंगलबार भएको सहकारीको १२ औं बार्षिक साधारणसभा तथा अधिवेशनले ढुङ्गानाको नेतृत्वमा ९ सदस्यीय कार्य समिति चयन गरेको हो । सहकारीको उपाध्यक्षमा सरिता सापकोटा, सचिव सुमित्रा पराजुली, कोषध्यक्ष पानीमीरा राना मगर तथा सदस्यमा कविता पौडेल, माइलीमाया जिम्बा, मीना थिङ, फूलमाया लोप्चन र ईन्द्रकुमारी मिजार चयन भएका छन् ।

तीन बर्षीय कार्यकालको लागि अध्यक्षमा चयन भएकी ढुङ्गानाले सहकारीलाई थप व्यवस्थित र राम्रो बनाउने प्रतिबद्धता जनाइन् । सहकारीका अध्यक्ष सरस्वती शर्माको अध्यक्षता एवम् मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मनहरीका ३ नम्बर वडाका कार्यबाहक अध्यक्ष बिष्णुबहादुर थिङ, वडा सदस्य उमाकुमारी नेपाली र ईन्द्रकुमारी मिजारलगायतको आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि उप्रेतीले महिलाहरुको आर्थिक विकास एवम् सशक्तिकरणमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले बचत गर्ने बानीको विकास गर्न अनुरोध समेत गरे । नारीमुक्ती सहकारीमा एकहजार १० जना शेयर सदस्य आबद्ध रहेका छन् ।

प्रतिकृया दिनुहोस्