पोखरेल बने प्रदेश सुशासन केन्द्रको निर्देशक

0
38
Advertisementcorona-new-ads

हेटौंडा, २८ पुस/बागमती प्रदेश सुशासन केन्द्रको निर्देशमा विमल पोखरेल नियुक्त भएका छन् । प्रदेश सरकारले प्रदेश सुशासन केन्द्रको निर्देशकमा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो । मंगलबार बसेको बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले दोलखाका पोखरेललाई ४ बर्षका लागि निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसैगरी सामाजिक विकास मन्त्रालयमार्फत मदन भण्डारी फाउण्डेसनलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । विविध सामाजिक काममा खर्च गर्ने गरी फाउण्डेशनलाई रकम दिने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए । उक्त रकम केमा र किन खर्च गर्ने भन्ने उल्लेख भने गरिएको छैन ।

यस्तै संघीय समपुरक तथा विषेश अनुदानतर्फका आयोजना/कार्यक्रमहरु प्रस्ताव गर्ने, बैकल्पिक उर्जा प्रणाली अनुदान परिचालन, दोलखाको जिलुको एकीकृत बस्तीको लागि २ करोड ४० लाख दिने, प्रदेशका स्थानीय तहलाई ससर्त अनुदान उपलब्ध गराउने लगायतका निर्णय गरेको मन्त्री ढुंगेलले बताए ।

प्रतिकृया दिनुहोस्