व्यवस्थित र सुविधायुक्त सेवा दिँदै सहकारी अस्पताल

0
57
Advertisementcorona-new-ads

हेटौंडा, २८ पुस/मकवानपुर सहकारी अस्पतालले नयाँ व्यवस्थापन सहित सुविधायुक्त सेवा सुचारु गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारी अस्पतलका अध्यक्ष विष्णुगोपाल महर्जनले नयाँ भवनबाट सेवा सुरु गर्दै ७ शैयाको अति सघन उपचार कक्ष (आईसीयू)सहितको सेवा सुरु गर्न लागेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा उपस्थित सञ्चालकहरु ।

नयाँ व्यवस्थापनमा ३ शैयाको पीआईसीयू र एउटा एनआईसीयूको सुविधा दिइने उनले बताए । सहकारी अस्पतालले हाडजोर्नी सम्बन्धि स्वास्थ्य सेवाका लागि सुविधासम्पन्न ट्रमा सेन्टरको रुपमा पनि अघि बढेको बताए । अस्पतालबाट स्त्री तथा प्रसुती सेवा, बाल स्वास्थ्य, मनोस्वास्थ्य, रेडियोलोजी, छाला तथा यौन रोग, मुटु, नाक कान र घाँटी, फिजियोथेरापीसहित ११ वटा बहिर· सेवा दिइरहेको छ ।

हाल २५ शैयाको स्वीकृती पाएको अस्पतालले निकट भविष्यमा ५० शैयाको बनाउने लक्ष्य राखेको छ । २०६७ सालदेखी मकवानपुर जिल्ला सहित अन्य जिल्लाका विरामीहरुलाई अस्पतालले सेवा प्रदान गर्दै आइरहेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भोली बुधबार अस्पतालको नयाँ भवनबाट पाइने सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्