तेक्वान्दोको कभर्ड हलका लागि सहयोग जुट्दै

0
106
Advertisementcorona-new-ads

हेटौंडा, २९ पुस/मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिले हेटौंडा–४ कर्रामा निर्माण गर्न गरिरहेको कभर्ड हलका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ । बुधबार कभर्डहल निर्माणको लागि १ लाख ४८ हजार ७ सय २३ रुपैयाँ सहयोग जुटेको छ ।

सहयोग रकम हस्तान्तरण गर्दै योग्यराज सापकोटाको छोरालगायत ।

जिल्ला खेलकुद विकास समितिको परिसरमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा उक्त रकम जुटेको हो । कभर्ड हलका लागि हेटौंडा–४ का योग्यराज सापकोटाले छोराको जन्मदिनको अवसरमा ५१ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् । यस्तै मकवानपुर घर भई अस्ट्रेलियामा गोर्खाज् तेक्वान्दो क्लव सञ्चालन गरिरहेका जीवन जोशी र उनको परिवारले ५५ हजार १ रुपैयाँ सहयोग गरेका हुन् ।

त्यस्तै क्यानडा बस्दै आएका तेक्वान्दोका पूर्व खेलाडी प्रकाश पुडासैनीले २० हजार रुपैयाँ, मकवानपुरका संस्थापक खेलाडी गोपाल बिकले ११ हजार १ सय ११ रुपैयाँ र तेक्वान्दो कार्यसमितिका कोषाध्यक्ष ठाकुरनाथ सुवेदीले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । कभर्ड हलका लागि सहयोग जुट्ने क्रम जारी रहेको तेक्वान्दो कार्य समिति मकवानपुर अध्यक्ष लालकाजीरत्न बज्राचार्यले जानकारी दिए । एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा कोरोना भाइरसको संक्रमणका कारण ढिलाई भइरहेको उनले बताए ।

‘७ देखी ८ महिनाभित्र कभर्डहल सञ्चालनमा ल्याउने तयारीका साथ काम गरिरहेका छौं’, उनले भने, ‘इनडोर खेल्न मिल्ने सबै खाले खेलकुदका गतिविधिहरु कभर्ड हलमा खेल्न सकिनेछ ।’ कभर्ड हलका लागि हालसम्म ९ लाख रुपैयाँ सहयोग प्राप्त भएको र हेटौंडा उपमहानगरपालिकाबाट पनि १५ लाख रुपैयाँ बजेट स्वीकृत भएको अध्यक्ष बज्राचार्यले बताए ।

प्रतिकृया दिनुहोस्