एकदिन अघि नै सुरु हुँदै भेट्रान्स कप

0
169
Advertisementcorona-new-ads

हेटौंडा, १ माघ/यही माघ ६ गतेदेखी हेटौडाको हुप्रचौरमा सुरु हुने भनिएकोे हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिता एकदिन अगावै सुरु हुने भएको छ । खेलको छैंटौ संस्करण यही ५ गते देखी सुरु हुने भएको हो । सहभागी टिमहरुको संख्या धेरै भएपछि एकदिन अघि नै प्रतियोगिता सुरु गर्न लाएिको कार्यक्रम संयोजक कविन सांगामीले जानकारी दिए । ‘हामीले सोचेको भन्दा धेरै टिमको सहभागिता भयो ।

खेल्न आउने टिमलाई स्वागत गर्नैप¥यो’, प्रतियोगिता संयोजक सांगामीले भने, ‘१० गते प्रतियोगिता सम्पन्न गर्नका लागि ५ गतेबाटै खेल सञ्चालन गर्नुपर्ने अवस्था आएकोले यो निर्णयमा पुगेका हौं ।’ यस बर्षको प्रतियोगितामा २० वटा टिमले सहभागिता जनाउने पक्का भएको छ । प्रतियोगिताको लागि आवश्यक सम्पूर्ण तयारी करिब पूरा भएको आयोजकले बताएको छ । हेटौडा भेट्रान्स क्लबले आयोजना गरेको प्रतियोगितामा चालिस बर्ष माथिका उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीहरुको पनि सहभागिता रहने छ । प्रतियोगिताको विजेताले नगद एकलाख १ हजार एकसय ११ रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ, विधागत उत्कृष्ट (मिडफिल्डर, फरवार्ड, डिफेन्स, गोलरक्षक र प्रशिक्षक) लाई जनही ५ हजार रुपैयाँसहित ट्रफीको व्यवस्था गरिएको आयोजकले बताएको छ । यसअघि भएको पाँचौ राष्ट्रिय भेन्ट्रान्स कप फुटबलको उपाधि बगरभाइ खलक पोखराले जितेको थियो ।

प्रतिकृया दिनुहोस्