ल्होसार कपमा आरआर एफसी क्वाटरफाइनलमा

0
487
Advertisementcorona-new-ads

हेटौंडा, २ माघ/छिमेकी जिल्ला चितवनको भण्डारामा सञ्चालन भएको ल्होसार कप फुटबल प्रतियोगितामा मकवानपुरको आरआर एफसी क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा गडौंली एफसीलाई ३–१ गोल अन्तरले हराउँदै आरआर एफसीले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

आरआर एफसीको जितमा सुरेश कुमालले २ तथा अजय सिंहले १ गोलको योगदान दिएका थिए । गडौंलीको तर्फबाट एकमात्र गोल भएको थियो । २ गोल गरेका कुमाल नै खेलको म्यान अफ द म्याच घोषित भए । लालीगुराँस युवा क्लव भण्डाराको आयोजनामा ल्होसार पर्वको अवसरमा प्रतियोगिता आयोजना भएको हो ।

१६ वटा क्लवको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस्