बस्तिपुर जेसीजमा भेटवाल

0
376
Advertisementcorona-new-ads

हेटौंडा, ३ माघ/बस्तिपुर जेसीज हाँडीखोलाको बर्ष सन् २०२१ को अध्यक्षमा राजेश भेटवाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार प्रकाश लामा थोकरलाई हराउँदै भेटवाल २०२१ का लागि निर्वाचित भएका हुन् ।

भेटवालले ६२ मत प्राप्त गर्दा थोकरले ३७ मत प्राप्त गरे । यस्तै कार्यकारिणी उपाध्यक्षमा आकाश पाठक र तेजप्रसाद उप्रेती रमेश विजयी भए । कार्यकारिणी उपाध्यक्षका उम्मेदवार विजय पौडेल पराजित भए ।

पाठकले ८३ र उप्रेतीले ६२ र पौडेलले ४३ मत प्राप्त गरे । उपाध्यक्षहरु भने निर्विरोध चयन भएका थिए ।

उपाध्यक्षमा रामचन्द्र दाहाल, महेन्द्र राना मगर, श्रीकृष्ण ढकाल र ठहर नेपाल शंकर निर्विरोध चयन भएका हुन् ।

एकसय जना सदस्य रहेको जेसीजमा ९९ मत खसेको थियो । अध्यक्षमा निर्वाचित भएका भेटवालले सबैलाई समेट्दै युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा लागिपर्ने प्रतिबद्धता जनाए ।

प्रतिकृया दिनुहोस्