एथलेटिक्स संघको बनभोज कार्यक्रम

0
276
Advertisementcorona-new-ads

हेटौंडा, ३ माघ/मकवानपुर जिल्ला एथलेटिक्स संघले बनभोज कार्यक्रम गरेको छ । शनिबार दक्षिणकाली मन्दिर परिसरमा बनभोज कार्यक्रमको आयोजना गरेको हो । मकवानपुर जिल्ला एथलेटिक्स संघका अध्यक्ष प्रभाकर पाण्डेको अध्यक्षतामा भएको बनभोज कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, कार्यालय प्रमुख राजन दाहाल ‘खुशराज’ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा एथलेटिक्स संघको गतिविधीलाई सञ्चार क्षेत्रबाट सहयोग गरेको भन्दै प्रदेश दैनिकका सम्वाददाता राजन कटुवाल र समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकामा एथलेटिक्स ट्रयाक नहुनु दुखद रहेको भन्दै सम्बन्धित निकायलाई छिट्टै ट्रयाक निर्माण गरिदिन आग्रह समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्