हेटौंडा जेसीज अध्यक्षमा बस्नेत

0
85
Advertisementcorona-new-ads

हेटौंडा, ३ माघ/जेसीआई हेटौंडाको अध्यक्षमा लिसेन बस्नेत निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट बर्ष सन् २०२१ को लागि अध्यक्षमा बस्नेत निर्वाचित भएका हुन् । उनले ६४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी सुधीर दाहालले ४९ मत प्राप्त गरे ।

यस्तै कार्यकारिणी उपाध्यक्षमा मनोज रिजाल र पंकश दास बानियाँ निर्वाचित भए । रिजालले ६७ र बानियाँले ५८ मत प्राप्त गर्दा कार्यकारिणी उपाध्यक्ष पदका उम्मेदवार छतेन्द्र आचार्यले ५२ र पुष्पराज पुडासैनीले ४७ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा प्रविण गुप्ता (९२ मत), सुजन ढुङाना (८९ मत), राज खड्गी (८७ मत) र गिरिजाप्रसाद अधिकारी (६५ मत) बिजयी भए । उपाध्यक्षको उम्मेदवार सुनिल सुवेदी (४५ मत) र अमित आचार्य (४६ मत) पराजित भए ।

अध्यक्ष पदमा निर्वाचित भएका बस्नेतले सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्दै आफ्नो बर्ष नमूनालायक बनाउने प्रतिवद्धता व्यक्त गरे । जेसीजमा एक व्यक्ती, एक बर्ष एक कार्यकाल हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्