कामधेनुको अध्यक्षमा विडारी

0
257
Advertisementcorona-new-ads

हेटौंडा, १० माघ/हेटौंडा ६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा उदय विडारी चयन भएका छन् । शनिबार सम्पन्न सहकारीको २२ औँ वार्षिक साधारणसभाबाट विडारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
संस्थाको उपाध्यक्षमा उदय प्रकाश दहाल, लेखा समिति संयोजकमा केदारप्रसाद गौतम, लेखा समिति सदस्यमा बद्री भण्डारी र सीता सुवेदी निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा चित्र कुमार गौतम ‘शिव’, रमेश कुमार थापा, श्यामलाल श्रेष्ठ,
मन्दिरा फुयाँल घिमिरे, केशव धिताल, गिता न्यौपाने, राजकुमार विडारी, अम्बिका सापकोटा, धन बहादुर गौतम रहेका छन् । निर्विरोध निर्वाचित भएका कार्यसमितिको सपथग्रहण कार्यक्रम केही दिन पछि गरिने निर्वाचन समितिका संयोजक हिमाल पौडेलले जानकारी दिए । साधारणसभाकै अवसरमा सहकारीले विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । सहकारीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईं, पत्रकार तथा प्रष्ट खबर डटकमका वरिष्ठ संवाददाता सुनिल शिवाकोटी, संस्थाको जेष्ठ शेयर सदस्य बासुदेव सापकोटा र सीतादेवी पराजुली, एकल महिला रुकु हुमागाईंलाई सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष गौरव कुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ६ का वडा अध्यक्ष चौलागाईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौँडा ६ का वडासदस्य राज कुमार बास्तोला, हेटौँडा १७ का वडासदस्य टिका प्रसाद तिमल्सिना, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका संचालक सदस्य हिमाल पौडेल, सहकारीका सल्लाहकार बासुदेव सापकोटा, नौलो विहानी कृषि सहकारी संस्थाका अध्यक्ष भरत सापकोटा लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्