स्वास्थ्य चौकी भवन हस्तान्तरण

0
98
Advertisementcorona-new-ads

हेटौंडा, ११ माघ/ मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीमा निर्माण भएको स्वास्थ्य चौकी भवन गाउँपालिकाकालाई हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरका प्रमुख तुलसीराम खरबुजाले बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानलाई स्वास्थ्य चौकी भवन हस्तान्तरण गरेका हुन् । स्वास्थ्य चौकीको भवन पुष्पाञ्जली जिम्बा जेभीले ठेक्का प्रक्रियाबाट एक करोड ३० लाख रुपैयाँमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको हो । निर्माण कम्पनीले सम्झौता अवधिमै निर्माण सकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का इन्जिनियर रविन पाठकले जानकारी दिए । स्वास्थ्य चौकीको भवन गाउँपालिका अध्यक्ष घलानले वडा अध्यक्ष मदनकुमार दोराङ्च्याङलाई र वडा अध्यक्ष दोराङ्च्याङले स्वास्थ्यचौकी इन्चार्ज राप्रसाद सिञ्जाली मगरलाई हस्तान्तरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्