विजुलीमाया वन पुरस्कार गायिका ग्याल्मोलाई प्रदान

0
129
Advertisementcorona-new-ads

हेटौंडा, १७ माघ/भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल हेटौंडाले प्रत्येक बर्ष प्रदान गर्दै आएको बिजुलीमाया वनः राष्ट्रिय संगीत पुरस्कार–२०७७ गायिका दाबा ग्याल्मोलाई प्रदान गरिएको छ । शनिबार हेटौंडामा आयोजित विशेष समारोहमा ग्याल्मोलाई उक्त पुरस्कार समर्पण गरिएको हो । वरिष्ठ गीतकार विश्व बल्लभले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

‘शहर भित्र के को हल्ला’, ‘फूलको डाली–डाली’, ‘किन किन उदास’, ‘आँखा भित्र’ जस्ता चर्चित गीतहरु गायिका ग्याल्मोका रहेका छन् । दार्जीलिङमा सन् १९५४ डिसेम्बरमा जन्मिएकी ग्याल्मोले विद्यालय समयदेखि नै गीत गाउन थालेकी थिइन् । उनी सन् १९७० मा कक्षा १० मा पढ्दै गर्दा नेपालका तत्कालिन राजा महेन्द्रको जन्म दिवसमा दार्जीलिङबाट छनौटमा परि पहिलो पटक नेपालमा आएर आफ्नो प्रस्तुती दिएकी थिइन् । उनले कर्म योञ्जन, गोपाल योञ्जन, अम्बर गुरुङ, बसन्त क्षेत्री, बद्रीदुर्गा खरेल, मणिकलाल क्षेत्री, दिव्य खालिङ, शान्ति ठटाल, जितेन वर्देवा, राष्ट्रकवि माधव प्रसाद घिमिरे लगायतका संगीत सष्ट्राहरुसँग काम गरिसकेकी छिन् । हेटौंडाका व्यवसायी, संगीतप्रेमी एवम् समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नो आमाको नामबाट स्थापना नगद एकलाख रुपैयाँ राशीको यस पुरस्कारबाट यसअघि ११ जना श्रष्ठा सम्मानित भैसकेका छन् ।

शनिबार नै नगद २० हजार राशीको भीम विराग युवा संगीत पुरस्कार हार्मोनी पोखरालाई प्रादन गरिएको छ । हार्मोनीः महिला गायन समूह पोखरा, दक्षिण एसियाकै पहिलो महिलाहरूको सांगीतिक समूह हो । यो समूहले नेपाली सुगम संगीत तथा महिला गायनको संरक्षण, सम्बद्र्धन र प्रशिक्षण संगै प्रवद्र्धन गर्ने गर्दछ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानका अध्यक्ष ह्याग्रीव आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ गीतकार विश्व बल्लभको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा कला सहित्य र संगीत क्षेत्रका व्यक्तीत्वहरुको उपस्थिती रहेको थियो ।

२०६४ सालमा स्थापना भएको प्रतिष्ठानले यसअघि अम्बर गुरुङ–२०६४, प्रेमध्वज प्रधान–२०६५, भक्तराज आचार्य–२०६६, फत्तेमान राजभण्डारी–२०६७, शान्ति ठटाल–२०६८, प्रकाश श्रेष्ठ–२०६९, दीप श्रेष्ठ–२०७०, न्हुच्छे बहादुर डंगोल २०७१ (नाट्यश्वर संगीत प्रशिक्षण केन्द्र),मीरा राणा–२०७२, कर्म योञ्जन–२०७३ र चेतन कार्की–२०७४ लाई प्रदान गरीसकेको छ ।

प्रतिकृया दिनुहोस्