बस्तिपुर जेसीजमा भेटवाल पदस्थापित

0
439
Advertisementcorona-new-ads

हेटौंडा, १७ माघ/बस्तिपुर जेसीज हाँडीखोलाको अध्यक्षमा राजेश भेटवाल पदस्थापित भएका छन् । शनिबार हेटौंडा–१९ बस्तिपुरमा भएको १० औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमबाट भेटवाल बर्ष सन् २०२१ का लागि अध्यक्ष पदमा पदस्थापित भएका हुन् । बर्ष सन् २०२० का अध्यक्ष जयराम सुबेदीले भेटवाललाई अध्यक्षको माला लगाइदिएर अध्यक्ष पदमा पदस्थापित गराएका हुन् । अध्यक्ष पद ग्रहण गर्दै भेटवालले आफ्नो कार्यकालमा सामाजिक कार्य संगै नेतृत्व र व्यक्तित्व विकासमा लागिपर्ने प्रतिबद्धता जनाए

उनले कानूनी सल्लाहकार प्रदीप अधिकारी, महासचिवमा प्रेम गोङ्बा, कोषाध्यक्षमा शिवराज उप्रेती, सचिवमा राम गिरी, शाखा सम्पादक सञ्जोग उप्रेती, जनसम्पर्क अधिकारी अनन्त अर्याल र प्रकरण निर्देशक श्रीराम खड्कालाई मनोनित गरेका छन् । यसअघि कार्यकारिणी उपाध्यक्षमा आकाश पाठक र तेजप्रसाद उप्रेती रमेश बिजयी भएका थिए भने उपाध्यक्षमा ठहर नेपाल, महेन्द्र राना मगर, रामचन्द्र दाहाल र श्रीकृष्ण ढकाल निर्विरोध निर्वाचित भएका थिए । कार्यक्रममा बर्ष सन् २०२० का अध्यक्ष जयराम सुबेदीले बोर्ड सदस्य एवम् सल्लाहकारलाई मायाको चिनो वितरण गरेका थिए । यस्तै उनले स्वर्गीय दिदीको नाममा स्थापना गरेको अक्षयकोषबाट जेसीजको कार्यक्षेत्र भित्रबाट सबै भन्दा बढी जीपीए ल्याएर एसईई परीक्षा पास गरेका अनिष गिरीलाई नगद ११ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

अध्यक्ष सुबेदीले २०२० को उत्कृष्ट बोर्ड सदस्यको पुरस्कार रबिन ढकाललाई र उत्कृष्ट सदस्यको अवार्ड बिजय पौडेललाई प्रदान गरे । कार्यक्रममा उदयसिँह पाठकको स्मृतिमा उनको परिवारले स्थापना गरेको सामाजिक पुरस्कार मामाघर नेपालका सञ्चालक अर्पण पराजुली र पत्रकारिता पुरस्कार पत्रकार जीवराज बख्रेललाई प्रदान गरिएको थियो । दुवैजनालाई नगद ७ हजार २२२ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।

बागमती प्रदेश नेपाली कांग्रेसका सचेतक राधा घलेको प्रमुख आतिथ्यतामा भएको पदस्थापन कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष राजेशमोहन प्रधान, नेपाल जेसीज २०२१ का कार्यकारीणी उपाध्यक्ष अरुणकुमार दाहाललगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्