भाइरल बालबालिका र मनोबैज्ञानिक प्रभाव

0
309
Advertisementcorona-new-ads

प्रसङ्ग नम्वर १
सन २०१४ मा भारतको महाराष्ट्र प्रदेशको पुना शहरमा सुकुम बासी बस्तीमा बसी जीविकोपार्जनको लागी बा, आमा सँग रेलको डिब्बा डिब्बामा गीत गाएर पैसा मागी जिवनयापन गर्ने एक ११ सालको बालिका मिठो स्वर भएकै कारण एकजना युट्युब पत्रकारले भेट्टाएर उसले भिडियो बनाए र त्यो भिडियोलाई सामाजिक सन्जालमा सम्प्रेशण गरीदियो । फलत ः बालिकाको सो भिडियो भारत भर मात्र होईन धेरै देशहरुमा भाइरल भयो ।

निर्मल घिमिरे

दिन दुगुना, रात चौगुनाको दरले एकाएक उनी चर्चाको शिखरमा पुगिन कि युटुब, फेसबूक अनि इन्स्टाग्राम जस्ता सामाजिक सन्जालमा उनको पेज लाईक गर्नेको संख्या शाहरुख खानको भन्दा बढ्ता भयो । उनलाई सबैले भेट्न र सेल्फी खिच्न अनि अटोग्राफ दिनमा भ्याइ नभ्याइ भयो । स्थानिय पत्रपत्रिका अनि एफ एम लगायत टिभी च्यानलहरुको मुख्य मसला उनै बालिका भए । उनीसँग इन्टरभिउ लिनका लागी उनको बस्तीमा च्यानलहरु बिहान २ बजेबाट लाईन लागेर बस्न थाले । बालिका एकजना तर धेरै मिडिया एकै चोटी झुम्मिदा ति अबोध बालिकाले सबैलाई समय दिन भ्याउने सम्भव पनि हुन्नथ्यो तसर्थ च्यानल च्यानल बिच अस्वस्थ प्रतिस्पर्धा हुन थाल्यो अनि सो को शिकार बन्न पुगिन उनी बालिका । उनको बढ्दो लोकप्रियता अनि स्टार्डम देखेर कयौ फिल्मीकर्मीहरुले बाल कलाकारको रुपमा अफर गरे, कयौ म्युजिक अरेन्जमेण्ट कम्पनीहरुले अनुबन्ध गरे ।

उनलाई पढाइदिने भनेर भारतका धेरै महबिद्यालयहरुले अफर गरे । फलत उनले एक बिद्यालय रोजिन र त्यहाँ भर्ना पनि भइन । उमेर बढी भएको र आफ्नो दिमागले पढाइलाई मेक अप गर्न नसक्दा उनको ध्यान पढाइमा खासै गएन । किन कि बिहानै देखी स्कूलको गेटमा मिडियाहरु लम्बेतान लाईन लागेर बस्थे उनको अन्तरवार्ता लिनको लागी । स्कूलले खाने बस्ने र पढ्ने म्यानेजको जिम्मा लिएको थियो तर उनलाई पैसाको खाचो टार्ने कोही थिएन तसर्थ उनले उनै पत्रुकारहरुको साहारा लिन पुगिन र पढाइलाई बेवास्ता गर्दै केबल अन्तरवार्तामा केहि रकम लिएर फोकस भइन ।

भारतिय मिडिया न परे, उनीहरु सबै गर्न सक्छन सिबाय पत्रकारिता भन्ने भनाइ जो छ । हो त्यस्तै मन पर्नेले राम्रो लेख्न थाले, अन्तरवार्ता लिन नपाउनेले मनपरी लेख्न र प्रसारण गर्न लागे । कालन्तरमा उनले स्कूलबाट ड्रप आउट भइन र सडक जिवन अगाल्न पुगिन । जब उनीसँग पैसा भयो तब उनको स·त पनि बिस्तारै आवरा केटाकेटीहरु सँग बढ्दै गयो । उनीहरुकै सङ्गतमा परेर उनि मदिरा अनि, धुम्रपान अनि लागूपदार्थको अम्मली बन्न पुगिन र उनको सँगत खराब स्वभाबका साथीहरु सँग भएको कारण प्राय उनी सडकमा बस्ने युवाहरु सँग बस्न रुचाउन लागिन । किनकि त्यहाँ ड्रग खान कुनै समस्या थिएन । अन्तत ः १७ बर्षको कलीलो उमेरमै उनको पेटमा नाजायज गर्भ रहन पुग्यो अनि सोही गर्भावस्था मै सन २०२० जुलाईमा उनी एच आइ भि पोजेटिव भइ जीवन समाप्त पारिन । उनको मृत्युमा भारतको एक प्रसिद्ध अखवार ‘जागरण’ ले सम्पादकिय नै लेखेर यो निचोड निकाल्ती कि, भाइरल नभएको भए उनी आÇनै पेशामा इज्जत साथ लामो आयु बाँच्न सक्थिन र उनको बाल्यकालमै गर्भवती अनि त्यो पनि रोग सहितको गर्भावस्थामा आफु र आÇनो भ्रुण दुबैले अनाहकमा ज्यान गुमाउन पुगे’ भनेर लेखेको थियो ।

प्रसङ्गनम्वर २ नेपालको :
२०६२/६३ को संयुक्त जनाअन्दोलनमा बद्रि बंगेनी जस्ता दिग्गज गायकहरु सँगसगै आन्दोलनकारीहरुको पक्षमा गित गाएर एकाएक सुपरहिट भएका एकजना गन्धर्ब थरका बालक गोपनियताको हकको सम्मान गर्दै नाम उल्लेख नगरिएकोले जव देशमा लोकतन्त्र आयो, तब उनको उठबस गिरिजाप्रसाद कोइराला, माधब नेपाल जस्ता ठुलाबडाहरु सँग भयो । उनलाई धेरैले माया सम्मान अनि मानमनितो गर्न लागे । त्यो बेलामा उनले क्यामेरा भएको मोबाइल बोकेर सबै ठुलाबढाहरु संग बस्दा, खादाको फोटोहरु आफ्नो मोबाइलमा कैद गर्न भ्याएका रहेछन । उनी मेरो नजिकै डेरामा बस्ने हुँदामा उनलाई भाइ भन्दथे । सुरुसुरुमा त उनी पनि दाइ भनेर राम्रै संग बात गर्दथे तर जव उनको उठबस अनि जान पहेचांन बढेबढे मान्छेहरुसँग हुन लाग्यो तब उनले अन्य भुइँ मानिसहरुलाइ गन्न नै छोडि दिए ।

एक दिन पंक्तिकारले जावलाखेल चोकमा हौसिएर एकजना प्रहरी हवल्दारलाइ मदिराको लतमा बर्दीमै हात पात गर्दै गरेको अवस्थामा मैले भेटे अनि उनलाई त्यस्तो नगर्न सुझाए। उनले त्यी हवल्दार लाई स्व गीरिजाप्रसाद कोइराला, माधब कुमार नेपाललगायतका नेताहरु सँगसँगै खाना खाइरहेको, गीरिजाप्रसादले आफुलाई अँगालो मारेर स्याबासी दिएको जस्ता फोटो देखाउँदै प्रहरीलाई थर्काउदै गरेको थियो। जसबेला सम्म उनमा मदिराको लत यत्ति धेरै बढिसकेको थियो कि मदिरा बिना उनको दिन समेत नचल्ने अवस्था आइसकेको थियो। पछि धेरै महिनाको भाडा तिर्न नसक्दा घरबेटीले उसलाई घर बाट निकालिदियो । त्यसपछि त्यो भाइ सँग सम्पर्क भएको छैन ।
प्रसङ्ग नम्वर ३
केहि समय अघी झापाको सडकमा पहिला बताए अनुसार कै अत्यन्तै मिठो स्वरको एक सानो बालक भेटिए । सबै जनाले उनको स्वर मन पराए । सामाजिक सञ्जालमा उनी एकाएक हिट हुँदै गएका बेलामा एक जना संगीतकर्मीले उनलाई आफै सँग ल्याइ परिवारमा सँगै राखिरहेका छन । बालकलाई आफ्नो छोरो सँगै बिद्यालय भर्ना पनि गरिदिए । गीत पनि रेकर्ड गराइदिए । उनको घर बनाउन पनि आर्थिक सहयोग गर्ने समयमा मिडिया उपस्थित गराइ आफ्नो महानाता देखाए । उनले कम्तीमा पनि देश बिदेशमा गरी १०० भन्दा बढी नै स्टेज सोहरु गरिसके होलान् । एक स्टेज प्रोग्रामबाट न्युनतम पनि ५०० हजार मात्र हिसाब गर्ने हो भने स्टेज प्रोग्रामबाट मात्र पनि उनले ५० लाख जुटाइसके ।

अनि त्यस्तो फेमस गित गाउँदा त्यसबाट आउने रोयल्टी कति होला । के त्यसको कसैले लेखा परिक्षण माग गरेको छ ? उनी अझै नाबालक नै छन् । उनलाई सही के र गलत के, छुट्याउन सक्ने बेला भइसकेका छैनन । उनको बाल अधिकार सुनिश्चित भएको छ त ? ठुलो मन भएका दाता भएका भए त, आÇनै दौतरी अनि बा आमा सँगै रहेर रमाउदै आÇनो प्रतिभा प्रस्फुटन गर्नका लागी पनि सहयोग गर्न सकिन्थ्यो होला नि । अब के त्यी बालक आÇनै बा–आमा सँग गएर रमाएर बस्न सक्लान । उनको दिनचर्या नै उच्च कोटिको भइसकेको छ । तसर्थ उनलाई आÇनै परिवार सँगै रहेर प्रतिभा फक्रन सबैले सहयोग अनि एक मत हुन आवश्यक छ । तर यहाँ एक प्रश्न छ कि, उनले गाएका गीतबाट आउनु पर्ने मुनाफा जति सबै के उनले अनि उनको परिवारले पाएका छन् त ?
प्रसङ्ग नम्वर ४
केहीसमय अघि धादिङबेसी कि एक बालिका दोहोरी गीत गाएको कारण निकै चर्चित भइन । मिठो स्वर अनि निर्धक्क उच्च कन्फिडेण्टका साथ गीत गाउने क्षमताको कारण उनको लोकप्रियता बढ्दै गयो अनि उनलाई स्थानिय एक गायकले नेपाल कै एक प्रसिद्ध कार्यक्रममा लिएर गए अनि देशकै हस्ती कलाकारहरु सँग उनको दोहोरी भए पश्चात उनको लोकप्रियता झन् ब्यापक हुँदै गयो ।

उनलाई सो कार्यक्रमसम्म लिएर जाने स्थानीय कलाकारले पनि माथी झापाका सानो भाइलेझै एकलौटी बिशेषाधिकार जमाउछु भन्ने सायद सोचेका थिए होलान । तर उनको परिवारले त्यसो हुन नदिँदा त्यी स्थानीय कलाकारले युट्युबेहरु सँग रोइ कराइ गरेको भिडियो बाहिरियो ।
प्रसङ्ग नम्वर ५
केहि समय अघी रामेछापका २ जना बालकहरु मिलेर संयुक्त लगानीमा काठमाण्डौमा रेस्टुरेण्ट ब्यबसाय सुरु गरेको कुरा त्यस्तै युट्युब्बेहरुबाट बाहिर आयो । सबैले उनीहरुको मेहनतलाई स्याबासी दिए । सबैले उनीहरुलाई मुक्तकण्ठाले प्रशंसा गरे । त्यो सबै एकाएक अत्यन्तै भाइरल भयो । उनीहरु पनि सुरु सुरुमा टिभि र युट्युबमा अन्तरवार्ता दिन पाउदा गमक्क देखिन्थे । त्यो क्रम बढ्दै गयो ।

मिडियाको जमात उनीहरुको होटेलमा लाईन लागेर बस्न थाल्यो । उनीहरुले ग्राहकलाई सर्भिस गर्नुपर्ने समयमा पत्रुकारलाई समय दिनुपर्ने भएको कारण उनीहरुका नियमित ग्राहक बिच्किए कालन्तरमा उनीहरुले नोक्सान बेहोर्नु पर्ने भयो । भाइरलले त्यी अबोधको बालकहरुको मेहनत, लगानी अनि समय सबै गुमाउनु पर्ने भयो ।
प्रसङ्ग नम्मर ६
केहीसमय मात्रै अघि सुदुर पश्चिम प्रदेशका एक साह्रै सानो बालक एकाएक युट्युबमा भाइरल भए । कारण उनमा उमेर भन्दा माथिल्लो लेबलले कुरा गर्ने अनि निडर रुपमा बोल्ने शैली थियो । त्यो भिडियो यसरी भाइरल भयो कि हाम्रा फुर्सदिला टिकटकेहरुलाई उनको एक बाइट मात्र प्रयोग गरी बनाउन पाए त आफु पनि हिट हुन सकिन्छ भन्ने भान हुन लाग्यो । उनको उमेर मुस्किलले ३ वा ४ बर्षको हुँदो हो । किटकिटद्वारा किटेर मलाई मेरो झुमा झाट्टै चाहियो भान्न लगाएको भिडियो सामाजिक सञ्जालमा ब्याप्त भयो ।

उनलाई आफन्त अनि आफनै परिवारका सदस्यहरु यसो यसो भन है भनेर सिकाउने अनि उनले पनि त्यस्तै शैलीमा भन्ने हुँदा उनी चर्चाको शिखरमा पुगे । उनको आफ्न्त अनि नातागोताका मानिसहरुले पनि उनी सँगै भिडियो बनाएर पोष्ट गर्दै यो मेरो भिडियोलाई पनि भाइरल बनाइदिनु होला भन्दै अनुनय बिनय गरेको देखियो । उनको त्यो बाल मस्तिष्कमा राम्रा राम्रा कुरा सिकाउनु पर्नेमा त्यो अबोध बालकलाई झुमा चाही हालेको कुरा भन्न लगाएर हिट हुन अनि आफुपनि बन्न खोज्ने प्रबृती जुन अ·ालीरहेका छन । त्यो सही हुँदै होईन । त्यो दात साटिने उमेर भएका बालकको कुन अ·को कुन अबयबले काम गर्छ र उनलाई झुमा तुरन्तै चाहिन्छ ?
प्रसङ्ग नम्वर ७
हालसाल मात्रै हाम्रो सामाजिक सन्जालमा अनि सबै युट्युबहरुमा छ्याप छ्याप्ती छाएका गुल्मी जिल्लाका एक बालक मिठो लबजका कारण एकाएक हिट भइरहेका छन् । सुप्रसिद्ध कलाकारहरुले पनि आफ्नो कार्यक्रमहरु चलाउन उनलाई अतिथी कलाकारको रुपमा देखाइ रहेका छन ।

८ सालका उनी पढ्ने अनि खेल्ने उमेरमा क्लोज क्याम्पमा छन अनि उनलाई पनि के म बिना बच्न सक्छौ पुतली भन्न सिकाएर उनको बाइटलाई हिट बनाएर आफ्नो च्यानलको सस्क्राइब बढाउने ध्यानमा लागिरहेका छन केहि युट्युब च्यानलहरु । त्यो बाल मस्तिष्कलाई आफु अनुकुल ढाल्ने प्रयास गर्दैछन् । नेपालकै एक राम्रा अनि धेरैका लोकप्रिय कार्यक्रम प्रस्तोता कृष्ण कडेलले गरेका राम्रा कामहरुको बयान गरी साध्य छैन । तर उनले यस्ता साना साना कुराहरुमा भने केहीसमय घोत्लिनु पर्ने बेला आएको छ ।

के भन्छ बाल मनोबिज्ञान ?

यस लेख तयार पार्नु पूर्व मैले एक जना मनोबिज्ञ सँग परमर्स लिएको थिए । उनका अनुसार बाल बालिका हरुमा जव आफु लाई अरु भन्दा फरक छु भन्ने भान पर्न थाल्दछ,  तव उनि हरुले त्यो फरकपनालाई अझ बढाउने चाहना हुन्छ । उनिहरुले अहिले पाइरहेको वाही वाही अनि चौतर्फी तारिफ दिर्घकालिन होस भन्ने चाहना हुन्छ । तर सामाजिक सन्जालमा प्राप्त हुने स्टर्डम त केहि समयका लागी मात्र हो ।

यसले भोलिका दिनमा निरन्तरता पाइरहन्छ भन्न सकिन्न । त्यो बेला उनिहरुमा बिचलन आउन सुरु हुन्छ जतिबेला उनिहरुले आफुलाई अरु भन्दा फरक सोचे पनि त्यो पाइरहेका हुँदैनन । अनि त्यसबेला सम्म उनिहरुको मस्तिस्क त्यो वाही वाही पुनर्स्थापना गर्न पट्टी ध्यान केन्दृत गर्ने हुँदा उनिहरुले आफ्नो क्यारियर वा पढाइ लाई बिगर्दछन अनि कालान्तरमा उनिहरु प्रायजसो असफल हुने सम्भावना उच्छ हुनेछ ।  आफु लाई मात्र चारै तिर चरचाको शिखरमा पाए पछी  उनिहरु हौसिने र अरु लाई नगन्ने स्वभाब बिकाश हुने सम्भावना उच्च हुन्छ । धेरैले वाहीवाही गरेको देख्दा अन्य बालबालिकाहरु पनि आफु पनि त्यस्तै वा भाइरल हुन अनौठो प्रकृतीको काम गर्ने योजना र सो को प्रयास पट्टी बढी नै घोत्लिने हुँदा आफ्नो पढाइ अनि पूर्व निर्धारित लक्ष्यमा पुग्ने योजनामा ब्रेक लाग्न जान्छ र कालन्तरमा उनिहरु असफल हुने सम्भावना उच्च रहेको कुरा मनोबिदले बताउनु भयो ।

अनि अर्को कुरा बालबालिका हरुमा र महिला हरुमा सिको गर्ने गुण अरुमा भन्दा उच्च हुने गर्दछ । एक जना भाइरल भए भने त्यो सिको गर्ने धेरै हुन्छन । जसले गर्दा सबैले त सामाजिक मिडिया हरुमा त्यो अवसर नपाउन सक्छन्, तव उनिहरुमा आफु मा हिन भावना मौलाउदै गएको हुन्छ र त्यस्तो सोचाइले गर्दा उनि हरु आफ्नो मुल ध्यान पढाइलाई दिन सकिरहेका हुँदैनन । 

यस आलेखको निस्कर्स के हो भने, भाइरल भएर अनि बनाइएर यदी उसले दिर्घकालिन हित हुन्छ भने त्यो सार्है राम्रो हो । तर अहिले चही हिट हुन्जेल ३ तारे होटलको बास अनि त्यो हराउन साथ गाउमा गएर उसिनाको खाना खानु पर्दा बालबालिकामा पर्न सक्ने मनोसामाजिक असर अनि त्यसले पार्न सक्ने अहितका कुरालाई पनि हामी सबैले बिचार गर्न सक्नु पर्दछ । बालबालिका हरुलाई अरु भन्दा बिल्कुल फरकपन हो भनेर चरितार्थ गराइदिनु कदापी हुन्न । उनिहरु पनि यही समाजको एक पात्र हौ । अरु जस्तो छन, तिमी पनि त्यस्तै नै हौ भनेर आफ्नो धाराताल मा टेकाउदै उनिहरुलाई उनिहरु कै आफ्नो क्यारियारमा फोकस गराउन सबै अबिभावकहरुको दायित्व हुन जान्छ । तसर्थ बाल मनोबिज्ञानलाई असार पुर्याउने काम हामी बयस्क हरुले गर्नु गराउनु कदापी नगरौ ।

१५ सेकेण्डको टिकटके क्षणिक वाहीवाहीको लागी बालबालिका हरुको प्रयोग नगरौ । यस्तै नचाहिने बिसयबस्तु प्रस्तुत गर्ने युट्युब्बे हरुको च्यानलहरु हेर्न बाट बालबालिका हरुलाई टाढा नै राखौ । अभिभावक हरुले बालबालिका हरुलाई यस्तो बिसयको नकारात्मक पाटो को बारेमा समय मै सचेत गराऔ । । बाल बिकासमा प्रत्यक्ष अनि अप्रत्यक्ष असार पुर्याउने कुनै पनि गतिबिधी सामाजिक सन्जालमा पोस्ट गर्न बन्द गरौ । भाइरल भाई सकेका अनि अन्य सबै बालबालिका हरुलाई बिभिन्न सन्चार माध्यम मार्फत मनोशिक्षा प्रदान गरी समय मै सचेत गराऔ  । 

प्रतिकृया दिनुहोस्