कांग्रेस नेता बानियाँद्वारा विद्यार्थीलाई स्विटर सहयोग

0
74
Advertisementcorona-new-ads

हेटौंडा, २ फागुन/नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुर गढी गाउँपालिकाको एक विद्यालयका विद्यार्थीहरुलाई स्विटर सहयोग गरेका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् जिल्ला सभापति बानियाँले मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको चण्डिका माविका विद्यार्थीलाई स्विटर सहयोग गरेका छन् । बानियाँले आइतबार विद्यालयका कक्षा ६ देखिमाथिल्ला कक्षाका २ सय २८ विद्यार्थीलाई स्विटर सहयोग गरेका हुन् ।

विद्यालयका अध्यक्ष राजकुमार गोलेको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी–२ का अध्यक्ष बखानसिं पाख्रिन, नेपाली कांग्रेसका जिल्ला नेताहरु यतिराज सापकोटा, लोक मोक्तान, विद्यालयका शिक्षक, व्यवस्थापन समितिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

यसअघि शिवम् सिमेन्टले सोही विद्यालयका तल्लो कक्षाका विद्यार्थीलाई स्विटर सहयोग गरेको र बानियाँले आइतबार माथिल्ला कक्षाका विद्यार्थीलाई स्विटर सहयोग गरेका हुन् । सबै विद्यार्थीहरुले नयाँ स्विटर लगाउने अवसर पाएको र विद्यालय पोशाकमा पनि एकरुपता देखिएको अध्यक्ष राजकुमार गोलेले बताए ।

प्रतिकृया दिनुहोस्