मेयर कपको मिति स¥यो

0
79
Advertisementcorona-new-ads

हेटौंडा, ३ फागुन/यही फागुन ५ गतेबाट सुरु हुने भनिएको मेयर कप फुटबल प्रतियोगिता–२०७७ को मिति सरेको छ । प्राविधिक कारणले प्रतियोगिताको मिति परिवर्तन गरिएको बताइएको छ । अब प्रतियोगिता फागुन १४ बाट २४ गतेसम्म सञ्चालन हुनेछ ।

Football.


हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर) सञ्चालन हुने प्रतियोगिता फागुन १४ गतेबाट सञ्चालन गर्ने निर्णय भएको हो । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हुन लागेको प्रतियोगितामा प्रत्येक वडाबाट एक÷एक वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा हेटौंडा उपमहानगरको १९ वटै वडाको सहभागिता रहने पक्का भएको र प्राविधिक कारण प्रतियोगिता केही दिन पछि धकेल्नुपरेको नगर खेलकुद विकास समिति अध्यक्ष चन्द्र शाहीले जानकारी दिए । प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढाइएको उनले बताए । मैदान निर्माण, प्राविधिक तयारी तथा वडा तहमा टिम तयारीका लागि आवश्यक समन्वय भैरहेको शाहीले बताए ।

यसअघि हेटौंडा उपमहानगरपालिकाको आयोजना एवम् जिल्ला खेलकुद विकास समितिको समन्वयमा हुँदै आएको प्रतियोगिता यसबर्षबाट नगर खेलकुद विकास समितिको आयोजनामा हुन लागेको हो । प्रतियोगिताको विजेतालाई नगद दुईलाख रुपैयाँ तथा उपविजेताले एकलाख ५० हजार रुपैया“सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । मेयर कपको सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैया“ तथा विधागत उत्कृष्ट खेलाडी एवम् प्रशिक्षकलाई जनही ५ हजार सहित ट्रफीको व्यवस्था रहेको आयोजकले बताएको छ ।

प्रतिकृया दिनुहोस्