अनलाइन क्विज हुँदै

0
59
Advertisementcorona-new-ads

हेटौंडा, ६ फागुन/हेटौंडाकै पहिलो आइटी कलेज हेटौंडा सिटी कलेजमा अनलाइन क्विज प्रतियोगिता हुने भएको छ । फागुन ७ प्रजातन्त्र दिवसको अवसरमा प्रतियोगिता गर्न लागिएको आइटी प्रमुख सरोज पौडेलले जानकारी दिए ।

आइटी नयाँ वर्षको लागि अध्ययन गर्न लागेका विद्यार्थीहरुबीच प्रतियोगिता गराउन लागिएको हो । बिएस्सी सिएसआइटी, बिसिए, एमसिए र एमबिएका विद्यार्थीहरुको ८ वटा समूह बनाएर प्रतियोगिता गराउन लागिएको हो ।

अनलाइन क्विजको लागि सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी पवन वाइबा, सन्जय खत्री र जेनेस भगत सफ्टवेयर विकास गरेको आइटी प्रमुख पौडेलले बताए । पौडेलका अनुसार प्रतियोगिता बिजेतालाई छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस्