१० जनालाई पुरस्कृत तथा सम्मान गर्दै आँचल

0
99
Advertisementcorona-new-ads

हेटौंडा, ७ फागुन/मकवानपुरमा रहेको आँचल साहित्य कला पुञ्जले १० जनालाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ । जिल्लामा रहेको नारी साहित्यकारहरुको एकमात्रै संस्था आँचलले साहित्यकार तथा पत्रकारलाई सम्मान गर्न लागेको हो । यही फागुन २२ गते विशेष साहित्यिक कार्यक्रमकाबीच रोयल पार्टी प्यालेस हेटौंडामा पुरस्कार तथा सम्मान गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा आँचल साहित्य कला पुञ्जका पदाधिकारी ।

सम्मानित तथा पुरस्कृतहरुको नाम समेत सार्वजनिक गरिने भएको छ । १० हजार १ राशीको बालकुमारी–जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान चितवन निवासी समाचालोक÷कवि ज्ञानु अधिकारीलाई प्रदान गरिने भएको छ । यस्तै १० हजार १ राशीको प्रतिभा धिताल छन्द पुरस्कार नवलपरासी निवासी कृष्णदेवी शर्मालाई प्रदान गर्ने गरिने भएको छ । ७ हजार ५ सय रुपैयाँ राशीको ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान पत्रकार प्रताप बिष्टलाई, ११ हजार १११ रुपैयाँ राशीको टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार मकवानपुरे साहित्यकार निमेष निखिललाई, १५ हजार १ राशीको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान काठमाडौं निवासी कवि प्राज्ञ लक्ष्मी मालीलाई, ३ हजार ५ सय रुपैयाँ राशीको मंगलादेवी श्रेष्ठ बाल प्रतिभा पुरस्कार सम्मान अमर माविमा अध्ययनरत् प्रज्वल ढुंगानालाई ५ हजार १ राशीको वनस्खण्डी खड्ग पौडेल प्रतिभा सम्मान मकवानपुरे साहित्यकार रामचन्द्र आचार्य (फूर्सती)लाई प्रदान गरिने भएको छ ।

५ हजार १ राशीकै मुक्ति–तारा नवप्रतिभा सम्मान मकवानपुरे नवप्रतिभा प्रसिद्धिका लम्साललाई, १० हजार राशीको सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान मकवानपरे साहित्यकार सुवास खनाललाई र आँचल साहित्य कला पुञ्ज मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आएको आँचल सम्मान कलाकार चित्रकार सूर्य सन्यासीलाई प्रदान गरिने भएको छ । यसको राशी नगद ५ हजार रुपैयाँ रहेको छ । फागुन २२ गते विशेष कार्यक्रमकाबीच सम्मान तथा पुरस्कार वितरण गरिने कला पुञ्जका कार्यबाहक अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्