सुपथ सहकारी पसल सञ्चालन गर्ने

0
97
Advertisementcorona-new-ads

हेटौंडा, ८ फागुन/जिल्ला बहुउद्देश्यीय सहकारी संघले सुपथ मूल्य सहकारी पसल सञ्चालन गर्ने भएको छ । शनिबार भएको संघको बैठकबाट सहकारी पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।
फागुन महिनाबाटै पसल सञ्चालनमा ल्याउने तयारीमा रहेको जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेले जानकारी दिए ।

‘सुपथ मूल्य सहकारी पसल हेटौंडा–९ मै खोल्नेछौं’, अध्यक्ष न्यौपानेले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेकै उत्पादन र बजारीकरण गर्नु हो । सोही अनुरुप पसल सञ्चालन गर्न लागेका हौ । कार्यक्रम तथा विभिन्न गतिविधि सञ्चालन गर्न समस्या रहेकोले पसल सञ्चालन गर्न लागेका हौँ । पसलबाट सदस्यलाई राहत पनि हुन्छ ।’ सहकारीको उत्पादन र हेटौंडा औद्योगिक क्षेत्रबाट उत्पादन भएका वस्तुहरु पसलमा राखिने उनले बताए ।

पसल सञ्चालनको लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको उनले बताए । करिब १० लाख रुपैयाँ लागतमा पसल सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए । १९ वटा बहुउद्देश्यीय सहकारी संस्था आवद्ध रहेको संघको शेयर पूँजी १ लाख १५ हजार रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस्