अमर बाल साहित्य परिवार गठन

0
84
Advertisementcorona-new-ads

हेटौंडा, ९ फागुन/हेटौंडा १ मा रहेको अमर माध्यमिक विद्यालयमा अमर बालसाहित्य परिवार गठन भएको छ । कक्षा ९ मा अध्ययनरत छात्रा चाँदनी मगरको अध्यक्षतामा १४ सदस्यीय कमिटी निर्माण भएको छ ।

बालसाहित्यको उपाध्यक्षमा बिनु बिक, सचिवमा सुबिना बिक, सहसचिवमा सुरुची स्याङ्बो, कोषाध्यक्षमा प्रतिका ढु·ाना चयन भएका छन् । यसैगरी सदस्यमासृष्टि मगर, सुस्मिता ढु·ाना, अन्जना थिङ, करुणा थापा, पुष्पा थापा, आयुष्मा भण्डारी, कृपा वस्थी, भूमिका बोलखे र रचना कार्की रहेका छन् ।

उक्त परिवारले पढाइसँगसँगै आगामी दिनमा पाक्षिक रुपमा भित्ते पत्रिका प्रकाशन गर्ने, साहित्यिक गतिविधिमा सहभागी हुँदै पत्रपत्रिकामा आÇना रचना प्रेषित गर्ने, पठन सँस्कृतिको विकास गर्न बाल साहित्यका पुस्तकहरू नियमित अध्ययन गर्ने र साथीहरूलाई अध्ययन गर्न प्रेरित गर्नेलगायतको कार्य गर्ने जनाएको छ । बालसाहित्य परिवारको सल्लाहकारमा विद्यालयका प्रधानाध्यापक मालती उप्रेती र अतिरिक्त क्रियाकलाप संयोजकमा डी.बी.बर्तौला रहेका छन् ।

प्रतिकृया दिनुहोस्