‘सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी भएन’

0
42
Advertisementcorona-new-ads

हेटौंडा, १० फागुन/सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको हेटौंडामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा सोमबार हेटौंडामा भएको सामाजिक सुरक्षाको वर्तमान अवस्था, चुनौती र अवसर विषयक प्रदेशस्तरीय छलफल कार्यक्रमका वक्ताहरुले सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको बताएका हुन् ।

प्रदेशस्तरीय छलफल कार्यक्रमका अतिथिहरु ।

बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले सरकारले नागरिकको जिम्मेवारी लिनुपर्ने औंल्याउँदै सामाजिक सुरक्षा अन्तर्गत स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए । सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी नभएको गुनासो आइरहेको भन्दै उनले तीन तहको सरकारले समन्वय गरेर काम गर्नु आवश्यक रहेको सुझाव दिए । बागमती प्रदेशका प्रदेशसभा सदस्य मुनु सिग्देलले सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको भन्दै सामाजिक प्रतिष्ठानहरुमा पनि यो लागू हुन नसकेको धारणा राखिन् ।

‘पहुँचमा आधारित सामाजिक सुरक्षा बेसी देखिन्छ । सर्वसाधारणले महसुस गर्ने गरी काम गर्नु आवश्यक छ’, उनले भनिन्् । अर्का प्रदेशसभा सदस्य सन्त चेपाङले राज्यबाट पछि परेका सिमान्तकृत समुदायसम्म सामाजिक सुरक्षा कार्यक्रम पुग्न नसकेको धारणा राखे । ‘यो कार्यक्रम गाउँसम्म पुग्न सकेको छैन’, चेपाङले भने, ‘नीति सिद्धान्तमा सुधार गर्नुपर्ने देखिन्छ ।’
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्याम बस्नेतले प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई बिशेष प्राथमिकता दिएको उल्लेख गर्दै सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी रुपमा लागू भैरहेको जानकारी दिए ।

वर्तमान सरकारले ऐतिहासिक कामहरु गरेको दावी गर्दै उनले प्रदेश सरकार र केन्द्र सरकार समृद्ध मुलुक बनाउन लागिपरेको बताए । सामाजिक सुरक्षा सन्जालका कृष्ण गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सेभ द चिल्ड्रेनको सहयोग तथा वाल कल्याण समाजको समन्वयमा भएको हो । कार्यक्रममा सामाजिक सुरक्षा अन्तर्गत सरकारले गरेको काम र बजेटको बिषयमा ज्ञानेन्द्र श्रेष्ठले कार्यपत्र प्रश्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्