सितोरियो करातेमा श्रेष्ठको नेतृत्व

0
151
Advertisementcorona-new-ads

हेटौंडा, १० फागुन/मकवानपुर जिल्ला सितोरियो कराते संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ चयन भएका छन् ।

श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति निर्माण भएको छ । संघको उपाध्यक्षमा विकास बानियाँ, सचिवमा रोशिक श्रेष्ठ, सहसचिवमा दीपकबहादुर तामाङ, कोषाध्यक्षमा बिपुल गुरुङ र सहकोषाध्यक्षमा दिपेश खड्गी चयन भएका छन् ।

यस्तै सदस्यमा पार्वती गिरी, गंगा गुरुङ, दीपक सापकोटा, अमृत लामा र नारायण थपलिया रहेका छन् । अध्यक्षमा चयन भएका श्रेष्ठ जिल्लाको सितोरियो कराते संघको संस्थापक प्रशिक्षक पनि हुन् । उनले संस्थागत एवम् खेलाडीहरुको विकासमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्