चण्डिकाको ४२ औं वार्षिकोत्सव

0
36
Advertisementcorona-new-ads

हेटौंडा, १० फागुन/मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको चण्डिका माध्यामिक विद्यालयले ४२ औं वार्षिक उत्सव मनाएको छ । विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम सहित विद्यालयले वार्षिकोत्सव मनाएको हो ।

२०३५ सालमा स्थापना भएको विद्यालयले वार्षिकोत्सवको अवसरमा हाजिरजवाफ प्रतियोगिता र नृत्य प्रतियोगिताको आयोजना गरेको हो । २ दिनसम्म चल्ने वार्षिकोत्सव कार्यक्रममा विजयी विद्यार्थीहरुलाई समापनका दिन पुरस्कार वितरण गरिने विद्यालयका प्रधानाध्यापक बालकृष्ण श्रेष्ठले बताए । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गोलेको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मकवानपुरगढी–२ का वडा अध्यक्ष बखान सिह पाख्रिन, गाउँ कार्यपालिका सदस्य पातलीमाया गोले, वडा सदस्य शिवप्रसाद न्यौपाने, रामप्रसाद पुडासैनी, विद्यालयका पूर्वअध्यक्ष प्रितमराम रुम्वा, लालबहादुर सुवेदी, हेमकर्ण आधारभूत विद्यालयका प्रधानअध्यापक .मोहनराज लामा, श्रमिक दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष हरिकुमार हुमागाई, शिक्षक विरबहादुर गोले लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । समापन समारोह मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यतामा हुने विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा ३ सय विद्यार्थीहरु अध्ययनरत छन ।

प्रतिकृया दिनुहोस्