गोरक्षनाथ माविमा पुन : बानियाँको नेतृत्व

0
121
Advertisementcorona-new-ads

हेटौंडा, १० फागुन/ हेटौंडा–१८ हर्नामाडीको फुर्केचौरमा रहेको गोरक्षनाथ माविकोे व्यवस्थापन समिति अध्यक्षमा पुनः शैलेन्द्रराज बानियाँ चयन भएका छन् ।

विद्यालयको ३१ औं वार्षिक अभिभावक भेलाले बानियाँलाई तेस्रो पटक अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो । विद्यालय व्यवस्थापन समितिको सदस्यमा अमित विक, मोहन राई, रमिता लामा, ललिता अधिकारी, संस्थापक सदस्यबाट ज्ञानु चौलागाई, वडा प्रतिनिधि सदस्यमा १८ नम्बर वडाका सदस्य विश्वनाथ ढुंगाना चयन भएका छन् ।

यस्तै शिक्षक प्रतिनिधि सदस्यमा मीना श्रेष्ठ र सदस्य सचिवमा योगराज खतिवडा चयन भएका छन् । भेलाको अवसरमा विद्यालयको नवनिर्मित १० कोठे भवनको उद्घाटन पनि गरिएको थियो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले भवनको उद्घाटन गरेका हुन् । जापान सहयोग नियोग (जाइका)को ऋण सहयोगमा २ तले विद्यालय भवन निर्माण गरिएको थियो ।

भेलामा हेटौंडा १८ नम्बर डा अध्यक्ष अनिलकुमार बानियाँ, कांग्रेस वडा सभापति राजेन्द्रराज बानियाँ, युवा समाजसेवी किरण थापा, विद्यालयका संस्थापक सदस्य रोशन थापा लगायतकाको आतिथ्यता थियो ।

प्रतिकृया दिनुहोस्