गढीदेखि गढीसम्म साइकल र्‍याली हुँदै

0
150
Advertisementcorona-new-ads


हेटौंडा, १३ फागुन/उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशले पर्यटन क्षेत्रको विकास एवम् विस्तारको योजनासहित गढीदेखि गढीसम्म साइकल र्‍याली गर्ने भएको छ । पर्वतीय खेलकुद महासंघ बागमती प्रदेश, मकवानपुर जिल्ला साइकल संघ र राइडर्स क्लब मकवानपुरसंगको सहकार्यमा मन्त्रालयले मकवानपुरको ऐतिहासिक मकवानपुरगढीदेखि सिन्धुलीको सिन्धुलीगढीसम्म साइकल र्‍याली गर्ने भएको हो ।

फागुन २२ गते मकवानपुरगढीबाट सुरु हुने साइकल र्‍याली सिन्धुलीको हरिहरपुरगढी हुँदै २४ गते सिन्धुलीगढीमा पुगेर समापन हुने मन्त्रालयले जनाएको छ । पर्वतीय खेलकुद महासंघ बागमती प्रदेशका सचिव सफल अधिकारीको संयोजकत्वमा कार्यक्रमको तयारी तीव्र बनाइको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशका ९ वटा ऐतिहासिक गढीमध्ये ४ वटा गढीको परिचय र पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ फरकशैलीको साइकल र्‍याली कार्यक्रम तयार पारिएको मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए । मकवानपुरको चिसापानीगढी, मकवानपरगढी, सिन्धुलीको हरिहपुरगढी र सिन्धुलीगढीमा पर्यटन प्रवद्र्घनका लागि मन्त्रालयले थुप्रै योजना बनाएको उनले बताए ।

पर्यटकहरुको नमूना गन्तव्यका रुपमा रहेको सिन्धुलीगढीलाई हिल स्टेशनको रुपमा विकास गर्न काम भइरहेको र ४ करोड लागतमा सिन्धुलीगढी दरवार पुनःनिर्माणको काम पनि सञ्चालन भइरहेको उनले बताए । फागुन २२ गते मकवानपुरगढीबाट विश्व साइकलयात्री पुस्कर शाहसहितको करिव १ सय ७५ जना साइकलयात्री मकवानपुरको बकैया र बागमती गाउँपालिका हुँदै करिव ८० किलोमिटरको यात्रापछि सिन्धुलीको हरिहरपुरगढी पुग्नेछन् । हरिहरपुर गाउँपालिको व्यवस्थापनमा साइकल यात्रीहरुलाई खाने र बस्ने व्यवस्था मिलाएको कार्यक्रम संयोजक अधिकारीले जानकारी दिए ।

२३ गते हरिहरपुरगढीमा झण्डोत्तोलन कार्यक्रम समापन भएसँगै साइकल यात्रीहरु सिन्धुलीगढी तर्फ प्रस्थान गर्ने र करिव ४० किलोमिटरको यात्रापछि त्यस दिन सिन्धुलीमाडीमा बास बस्ने छन् । २४ गते बिहान सिन्धुलीगढी पुगेर ¥याली समापन हुने अधिकारीको भनाइ छ । कार्यक्रममा लागि करिव ११ लाख खर्च हुने आयोजकले जनाएको छ । कुल लागतमध्ये मन्त्रालयले ५ लाख रुपैया सहयोग उपलब्ध गराउने छ भने अन्य खर्च स्थानीय तह र बाह्य स्रोतबाट जुटाइने कार्यक्रम संयोजक अधिकारीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्