भोली रेडियो मकवानपुर र सहकारीको कार्यक्रम

0
121
Advertisementcorona-new-ads

हेटौंडा, १३ फागुन/भोली १५ गते शनिबार रेडियो मकवानपुरको बार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको स्थापना दिवसको अन्तिम कार्यक्रम हुने भएको छ ।

यसअघि स्थगीत भएको बार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा आयोजित विविध सप्ताहव्यापी कार्यक्रमको समापन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम शनिबार हुन लागेको हो । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री डा. सशांक कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुन लागेको दिव्यतारा सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाले जानकारी दिइन् । हेटौंडाको रोयल पार्टी प्यालेसमा शनिबार बिहान ११ बजेबाट कार्यक्रम हुनेछ ।

रेडियोको बार्षिकोत्सव तथा सहकारीको स्थापना दिवसको अवसरमा प्रत्येक बर्ष विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना हुँदै आएको छ । माघ १६ गतेबाट २१ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना भएको थियो । २२ गतेका लागि तोकिएको समापन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम नेकपाको प्रचण्ड–माधव समूहको हड्तालको कारण स्थगीत भएको थियो । समाजमा उदाहरणीय काम गरेका दुईजनालाई सामुदायिक सम्मान, सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएका विभिन्न प्रतियोगिताका विजेता एवम् सहभागीलाई पुरस्कार वितरण र दिव्याताराका संस्थापक शेयर सदस्यहरुलाई सम्मान हुने रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए ।

शनिबारको कार्यक्रममा सहभागी हुन उनले रेडियोका विज्ञापनदाता, स्रोता एवम् सम्पूर्ण शुभचिन्तकहरुलाई अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्