आजबाट मेयर कप फुटबल

0
113
Advertisementcorona-new-ads

हेटौंडा, १३ फागुन/आज शुक्रबारबाट हेटौंडा मेयर कप फुटबल प्रतियोगिता–२०७७ सुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । हेटौंडाको १ र ११ नम्बर वडाले उद्घाटन खेल खेल्ने भएका छन् ।

२४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उपमहानगरपालिकाको १९ वटै वडाको सहभागिता रहेको छ । हेटौंडाको हुप्रचौरमा सञ्चालन हुने प्रतियोगिताको विजेता वडाले २ लाख र उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितालाई उपमहानगरपालिकाको कार्यालयले मुख्यप्रायोजन गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनको लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । मेयर कप फुटबल प्रतियोगितामा सहभागी हुने सबै खेलाडीको वीमा गरिएको छ । यस्तै प्रत्येक वडालाई टिम तयारीका लागि ५० हजार रुपैयाँ सम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।

नगर खेलकुद समितिका अध्यक्ष चन्द्र शाहीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै सहभागी भएर खेलाडीको हौसला बढाउन उनले आम नगरबासीलाई अनुरोध गरे । मेयर कप फुटबलको अघिल्लो संस्करण हेटौंडाको १० नम्बर वडाले जितेको थियो ।

प्रतिकृया दिनुहोस्