दुर्घटनाबाट बचौँ र बचाऔँ

0
164
Advertisementcorona-new-ads

चार महिना अघि घटेको घटनाको स्मृति मेरो मस्तिष्कमा अझैँ पनि झल्किरहन्छ । म कलेजबाट घर फर्कँदै गर्दा हुप्रचौर नागेर म छोटो बाटो लिनलाई जब हुप्रचौरको गेटबाट भित्र छिरेँ, त्यसै बेला त्यहाँ चरिरहेका गाई, बाख्रा र त्यहाँ खेलिरहेका केही भुसिया/छाडा कुकुरहरु खेलिरहेको देखेँ । मलाई देख्ना साथ ती सबै जनावरहरुले आँखा तरे । मलाई अरु जनावरले आँखा तर्दा त केही भएन तर त्यो महजुद उपस्थित छाडा भूसिया कुकुरहरुले हेर्दा म विचलित भई हड्बडीमा त्यहाँबाट बाहिर निस्किएँ ।

पृथ्वीराज पोखरेल

हड्बडीमा निस्कँदा एउटा मोटरबाइकले मलाई हलुका ठक्कर दियो । म डङरङ्ग भुईँमा लडेँ । हलुका ठक्करले गर्दा मलाई सानोतिनो चोटमात्र लाग्यो तर यो भन्दा पनि धेरै गम्भीर दुर्घटनाहरु धेरै मानिहरुलाई घटिरहेको छ । जनताको जीवनमा घटने यस्ता कयौँ घटनाहरु भइरहेका हुन्छन् तर जिम्मेवार निकायहरु बेखवर देखिएका छन् । यसले गर्दा जनजीवन दिन प्रतिदिन कष्टकर बन्दै जान थालेको भुक्त भोगीहरु बताउँदै छन् । जबसम्म हामी जनताहरु सचेत हुँदैनौँ तबसम्म यस्ता अप्रिय घटनाहरु घटिरहन्छन् ।

के जनताको हित गर्न भनेर चुनाव जितेर गएका जनप्रतिनिधिहरुलाई यो कुरा थाहा छैन र ? मैले सोध्दा जनप्रतिनिधिहरुले जवाफ दिएँ ‘गर्नुपर्ने त हो तर यो चौरको घेराबाट गर्न सरकार ले नै गर्ने हो भने जनप्रतिनिधिको के काम ? भन्ने प्रश्न जहिले पनि अनुतरिक भएपछि म दुखित भएँ । नेपाल एउटा सुन्दर देश हो । तथापि यहाँका नेताहरुको मन सुन्दर छैन । दिनप्रतिदिन अखवारमा पनि रोड दुर्घटनाका दुईतिन ओटा खबर आइरहन्छन् तर कडा नियम भने छैन । एउटा घुस लिने नेताले जस्तै अहिले घुसको भरमा नियम तोडिन्छ ।

अझ अहिले त घुस दिएकै भरमा ड्राइभिङ लाइसन्स पनि बन्छ चाहे त्यो मान्छेलाई साधन चलाउने अनुभव नहोस् । नेपालमा यति मात्र नभई बाटोमा हिँड्ने मानिसहरुको गल्ती पनि देखिन्छ । नियम पालना नगरी जेब्रा क्रसिङबाट नहिँडी अन्य ठाउँ (रोडको) बाट हिँड्छन् र फेरि तिनै मानिसहरु यस्तो घटनाको सिकार हुन पुग्छन् । ट्राफिक कर्मचारीहरुले त झन घुस लिएर नसालु पदार्थ सेवन गरेर साधन चलाउनेलाई छोड्ने, नियम पालना नगर्ने जस्ता कुराहरुले नै दुर्घटना निम्त्याउँछ । अझ अहिले त रोड दुर्घटना हुनको कारण साँघुरो बाटो पनि देखिन्छ ।
अशान्त समाज सबैका लागि घातक हुन्छ ।

समाजलाई बस्न योग्य बनाउन असल काम हुनुपर्छ । असल कामका लागि असल व्यक्ति चाहिन्छ । व्यक्तिलाई असल बनाउने काम शिक्षा र चेतना हो । त्यसैले शिक्षाले चेतना र चेतनाले आफ्नो उद्देश्य सम्पूर्ण नेपालीहरुको चरित्र निर्माण गर्नमा केन्द्रित गर्नुपर्छ भन्ने मलाई लाग्छ । यस्तो घटना रोक्न अभिभावकको पनि ठूलो भूमिका रहेको छ । सानैदेखि आफ्नो सन्तानलाई यस्ता महत्वपूर्ण नियमहरु बताएमा सचेत गर्नुपर्छ ।

अन्तिममा मेरो धारणा नेपाल जस्तो स्वतन्त्र देश जो कि हाम्रा पूर्खाहरुले हामीलाई समर्पण गर्नुभएको नासोमा घुस र भ्रष्टचार बढ्यो भने नेपाल अरुको गुलाम हुन बेरै लगाउँदैन । भ्रष्टचारी र घुसखोरीहरु चाहे मध्यम वर्गका हुन् या ठूलो पदका कडा नियम लगाएर सजाय दिनु मेरो विचार रहेको छ ।

-पोखरेल, हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा कक्षा ११ मा अध्ययनरत छात्र हुन् ।

प्रतिकृया दिनुहोस्