लम्साललाई नगद ५१ हजार सहित सम्मान

0
317
Advertisementcorona-new-ads

हेटौंडा, २९ फागुन/मातृभूमि साहित्य समाज मकवानपुरले प्रदान गर्दै आएको ‘महालक्ष्मी साहित्य पुरस्कार २०७७’ बाट साहित्यकार तथा पत्रकार डा. नवराज लम्साल पुरस्कृत भएका छन् । शनिबार हेटौंडामा आयोजित एक कार्यक्रममा महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आएको पुरस्कार डा. लम्साललाई प्रदान गरिएको हो ।

२०५९ देखि महालक्ष्मी विकास बैंकले निरन्तर प्रायोजन गर्दै आएको ५१ हजार रुपैयाँ राशीको ‘महालक्ष्मी साहित्य पुरस्कार–२०७७’ यसबर्ष लम्साललाई प्रदान गरिएको हो । धादिङमा जन्मिएका लम्साल लामो समयदेखि काठमाडौं रहेर साहित्य क्षेत्रमा योगदान पु¥याउँदै आएका छन् । रेडियो नेपाल समचार प्रमुख समेत रहेका लम्सालका कर्ण र धरा दुई वटा महाकाब्य, एक्लै एक्लै, सगरमाथा पाइलैपिच्छे, आगो छोपेर कतिन्जेल जस्ता कविता संग्रह, धुनभित्र धुनबाहिर गीति संग्रह प्रकाशित रहेका छन् । कार्यक्रमको अवसरमा मातृभूमि राष्ट्रिय स्रष्टा सम्मान २०७६ बाट मकवानपुरका कवि देवराज खरेल र मातृभूमि मकवानपुरश्री सम्मान–२०७७ बाट इतिहासकार केदारप्रसाद न्यौपानेलाई सम्मान गरिएको छ ।

प्रतिकृया दिनुहोस्