हेटौंडा अस्पतालका डाक्टरलाई मेडिकल प्यारो, दुई डाक्टरको जागिर चैट

0
193
Advertisementcorona-new-ads

हेटौंडा, १ चैत/बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पतालमा डाक्टरहरुको मनलाग्दी हुने गरेको गुनासो आउने गरेको छ । डाक्टरहरुको मनलाग्दीका कारण रिफर सेन्टरको परिचय बनाएको अस्पतालमा पछिल्लो समय सेवा सुविधा बढेसँगै सेवाग्राही पनि बढ्दो क्रममा छन् ।

यस्तैमा हेटौंडा अस्पतालमा दरबन्दी भएर पैसा कमाउने लोभमा निजी मेडिकलमा गएर काम गर्ने दुई डाक्टरलाई अस्पताल प्रशासनले कारबाही गरेको छ । ड्युटीको समयमा अस्पतालमा नबस्ने, निजी मेडिकलमा उपचारको लागि बोलाउने र मनलाग्दी गर्ने दुई डाक्टरलाई हेटौंडा अस्पताल विकास समितिले कारबाही गरेको हो । जनरल सर्जन विशेषज्ञ डाक्टर साजित अन्सारी र छाला तथा यौन रोग विशेषज्ञ डाक्टर बुद्धीराज पाण्डेलाई अस्पतालले कारबाही गर्दै सम्झौता रद्द गरेको हो । ‘उहाँहरुलाई अस्पताल प्रशासनले २÷४ पटक सम्झाउन पनि मान्नुभएन । हामीले बाध्य भएर कारबाही ग¥यौं’, अस्पतालका अध्यक्ष प्रकाश पौडेलले भने, ‘सम्झौता रद्द गरी नवीकरण नगर्ने भनि शुक्रबार निर्णय गरेका हौं । आतइबारबाट उहाँहरु हेटौंडा अस्पतालको कर्मचारीको रुपमा हुनुहुन्न ।’ यथासक्य छिटो जनरल सर्जन र छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ल्याइने उनले जानकारी दिए ।

‘नेपाल सरकारले जनताको सेवा गर्नु भनेर अस्पतालमा सबै सेवा सुविधा दिएको छ । अस्पताललाई समय नदिएर, अप्ठेरो पारेर जनतालाई रुवाउने जो कोही भएपनि ढिलोचाँडो जान्छन्’, अध्यक्ष पौडेलले भने, ‘आफ्नो ड्युटी पूरा गर्नुप¥यो । निस्कासन गरिएका डाक्टरहरुले अस्पतालले दिएको जिम्मेवारी पूरा नर्गेलाई कारबाही गरेरै जाने हो ।’ ड्युटी अवधिभर अस्पतालमा नबस्ने, नजिकका मेडिकलमा गएर काम गर्ने, अस्पतालमा आउने गरेका विरामीलाई मेडिकलमा आउन अनुरोध गर्ने र औषधि समेत मेडिकलमा किन्न लगाउने गरेको जानकारी दिइएको छ ।

अस्पतालमा काम गर्ने डाक्टरहरुको लापरबाहीका कारण मकवानपुरका विरामी उपचारका लागि छिमेकी जिल्ला चितवन, काठमाडौंलगायतका अस्पतालमा जान बाध्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्