बारुतेमा २५० जनाको स्वास्थ्य परीक्षण

0
94
Advertisementcorona-new-ads

हेटौंडा, ७ चैत/हेटौंडा ६ बारुतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको आयोजना तथा माउण्टेन हार्ट नेपालको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शनिबार आयोजना भएको स्वास्थ्य शिविरमा २ सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।

हेटौडा १७ का वडा अध्यक्ष भैरव बहादुर राईको प्रमुख आतिथ्यता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद ढुङगानाको अध्यक्षतामा कार्यक्रम भएको हो । शिविरमा १ सय ४० जना अभिभावक र १ सय १० जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक मन्दिरा घिमिरेले जानकारी दिईन् । शिविरमा नाक, कान, घाटी, सुगर, प्रेसर ,बाथ, छाला, मुटु, पेट रोग र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रममा हेटौडा ६ का वडा सदस्य रामहरि राई, माउण्टेन हार्ट नेपालकी अध्यक्ष गोमा गौतम, सञ्चारकर्मी भीमसेन पौडेल, सुनिल शिवाकोटी, आमा समूहकी अध्यक्ष ईश्वरी ढुङगाना, शिक्षिका सरिता चौलागाई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


शिविरमा डाक्टर कञ्चन शर्मा, अवन गौतम, रिमा शर्मा, पविता ढु·ाना, विजया श्रेष्ठ, स्टाफ नर्स करुणा सापकोटा र सरु कोजूले स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मी भीमसेन पौडेलले आफ्नो स्वर्गीय धर्मपत्नी दुर्गादेवी पौडेलको सम्झनामा छात्रवृत्ति रकम प्रदान गर्ने घोषणा गरेका छन् । विद्यालयको अभिभावक भेलामा विद्यालयमा अध्ययन गर्ने दलित, जनजाती तथा जेहेन्दार विद्याथीहरुलाई ५ हजार ५ सय ५५ रुपैयाँको छात्रवृत्ति प्रदान गर्ने पौडेलले घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहोस्