चौघडा र भुवनेश्वरबीच एकीकरण

0
238
Advertisementcorona-new-ads

हेटौंडा, ७ चैत/हेटौडा ६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था र हेटौडा ४ मा रहेको भुवनेश्वर बचत तथा ऋण सहकारी संस्था बीच एकिकरण भएको छ । दुवै सहकारीले शनिबार विशेष साधारणसभा गर्दै सहकारी संस्था एकीकरण भएको घोषणा गरेका हुन् ।

हेटौडा उपमहानगरपालिकाका उपमेयर मीना लामाको प्रमुख आतिथ्यता एवम् चौघडा सहकारीका अध्यक्ष श्याम प्रसाद श्रेष्ठ र भुवनेश्वर सहकारीका अध्यक्ष दीपकदास श्रेष्ठको संयुक्त अध्यक्षतामा विशेष साधारणसभा भएको हो । एकीकरण अघि चौघडा सहकारीमा २ हजार १ सय ३७ जना शेयर सदस्य र भुवनेश्वर सहकारीमा १ सय ७० जना शेयर सदस्य रहेका थिए । दुवै सहकारीको गरी शेयर पूँजी २ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने २३ करोड रुपैयाँ बराबरको कारोबार रहेको छ ।

साधारणसभामा हेटौडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, राष्ट्रिय सहकारी बैंक हेटौडा शाखाका प्रमुख रामेश्वर अर्याल, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठ, जनकल्याण सहकारीका कोषाध्यक्ष चेतनाथ खतिवडा, संस्थाका सचिव अर्जुनप्रसाद हुमागाई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्